बेलकोटगढीको २ नम्बर वडामा एमाले प्यानल विजयी, मेयर र उपमेयरमा पनि एमालेकै अग्रता

  २०७४ जेठ २ गते १०:३४     विकासन्युज

काठमाडौं । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर २ को मतगणना सकिएको छ । मतपरिणाम अनुसार सो वडामा अध्यक्षसहित सबै सदस्यहरुमा नेकपा (एमाले)बाट  विजयी भएका छन् । नगरपालिकाको मेयर र उपमेयर पदमा पनि एमालेले अग्रता लिएको छ ।

वडा अध्यक्षमा एमालेका रमेश न्यौपानेले ५९७ मत ल्याएर विजयी भएका छन् । नेपाली काँग्रेसका विश्वमणि न्यौपानेले ५१७ मत पाएका छन् । वडा नम्बर एकमा पनि एमालेका सुब्बा तामाङ र उनको टिमले विजय हासिल गरेको छ । दुबै वडाको मतपरिणाम आएपछि एमालेका कार्यकर्ता र समर्थकहरुले विजयी र्याली निकालेका छन् ।

मेयर पदका प्रत्यासी एमालेका राजेन्द्ररमण खनालले ८५६ मत पाएका छन् । निकटम प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार जगत गुरुङले ७७० मत पाएका छन् । उपमेयरमा एमालेका रुपा सापकोटाले ९६२ मत पाएकी छिन् । उनकी निकटम प्रतिद्धन्द्धी माओवादीकी  कविता ढुंगानाले ७१५ मत पाएकी छिन् । मेयर र उपमेयर पदमा नेपाली काँग्रेसको उम्मेदवारले क्रमशः ५४५ र ५६२ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.