बेलकोटगढी नगरपालिकामा एमालेको अग्रता, १ नम्बर वडामा एमाले प्यानल विजयी

  २०७४ जेठ १ गते २०:२२     विकासन्युज

काठमाडौं । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर १ को मतगणना सकिएकोछ । मतपरिणाम अनुसार सो वडामा अध्यक्षसहित सबै सदस्यहरु नेकपा (एमाले)लेका प्रतिनिधिहरु विजयी भएका छन् । नगरपालिकाको मेयर र उपमेयर पदमा पनि एमालेले अग्रता लिएको छ ।

वडा अध्यक्षमा सुब्ब तामाङले ३८६ मत ल्याएर विजयी भएका छन् । माओवादीका उम्मेदवारले २७० मत पाएका छन् । वडा सदस्यहरुमा एमालेका सुविता नेपाल, प्रकाश सापकोटा, हर्कबहादुर तामाङ विजयी भएका छन् ।

मेयर पदका प्रत्यासी एमालेको राजेन्द्र रमण खनालले ३६३ मत पाएका छन् । निकटम प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार जगत गुरुङले २६२ मत पाएका छन् । उपमेयरमा एमालेका रूपा सापकोटाले ३९० मत ल्याएर १११ मतले अग्रता लिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.