म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ मा माओवादी केन्द्र विजयी

  २०७४ जेठ १ गते १७:५३     विकासन्युज

बाबियाचौर, १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा (माओवादी केन्द्र)का उमेद्वार विजयी भएका छन् ।

केन्द्रका ओमबहादुर फगामीले २१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । महिला सदस्यमा टेकमाया पुन (२०५०) दलित महिला सदस्यमा विष्णुकुमारी परियार (२१७०) खुल्ला सदस्यमा बुद्धीबहादुर पुन (२०३) र वीरबहादुर पौडेल (१९९) प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दुईवटा मतदान केन्द्र र ५४३ जना मतदाता रहेको भुरुङ तातोपानीमा ४१० मत खसेकोमा आठ मत बदर भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.