नेपाल राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको रोजाईमा टाटाको जेस्ट कार

  २०७४ जेठ १ गते १७:००     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टिमका उपकप्तान, ज्ञानेन्द्र मल्लले हालै टाटाको जेस्ट कार खरिद गरेका छन् । आकर्षक लुक, उत्कृष्ट पर्फमेन्स, माइलेज र स्टाइलका कारण टाटा जेस्ट उनको छनोटमा परेको ज्ञानेन्द्र मल्लले जानकारी गराए । छोटो समयमा अग्रणी कम्प्याक्ट सेडान कारको रुपमासफलताहाँसिल गरेकोयो कार पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध छ ।

उच्च ग्राउण्ड क्लिरियन्स, विलासी गाडीहरुको सम्झना ताजा गराउने जेस्टमा प्रिमियम इन्टेरियर, हरमन साउण्ड, एबिएस, जाभाब्ल्याक र लाटेको डुअल टोनसँग राम्ररी मिलाइएको ड्यासबोर्डले कारलाई आकर्षक, आधुनिक भएको कारणले छोटो समयमा नै नेपाली बजारमा निकै नै चर्चा बटुल्न पुगेको यो कार उपकप्तानको रोजाईमा पर्नुको मुख्य कारण हो ।

आकर्षक एवं हरेक सुविधाले सम्पन्न टाटा जेस्ट कारको अनुभव लिन पाउँदा आफू निकै उत्साहित भएको कुरा मल्लले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.