राष्ट्रिय गौरवका आयोजना सञ्चालनका लागि छुट्टै ऐन आउँदै, योजना निर्माणदेखि भुक्तानी प्रक्रियासम्म सरल बनाइने

  २०७४ जेठ १ गते १२:४८     विकासन्युज

काठमाडौं । वर्षैपिच्छे राष्ट्रिय गौरवका आयोजनाको प्रगति न्यून हुन थालेपछि सरकारले आयोजना सञ्चालनका लागि छुुट्टै ऐन बनाउने भएको छ । आयोजनाहरूलाई निर्धारित समयमा सम्पन्न गर्न राष्ट्रिय गौरवका आयोजनालाई कार्यान्वयनका लागि छुट्टै ऐन बनाउन लागेको राष्ट्रिय योजना आयोगले बताएको छ । आयोगले ऐनको प्रारम्भिक मस्यौदा तयार पार्दैछ । हाल आयोजनाहरूले प्रत्येक पटक विदेशी मुद्रा भुक्तानीका लागि अर्थ मन्त्रालयमा स्वीकृत लिनु पर्ने र समयमा काउन्टरपार्टको समेत व्यवस्था नहुने समस्या देखिएको छ ।

निर्माणधिन सिक्टा सिंचाइ आयोजना

अब बन्ने ऐनमा हरेक पल्ट रकम भुक्तानीको लागि मन्त्रालय धाउनु नपर्ने तथा स्वीकृत नै लिनु नपर्ने व्यवस्था गर्न लागिएको छ । यस्ता आयोजनाका लागि ऐनले बजेटको सुनिश्चितता गरिनेछ । विदेशी ऋणमा कार्यान्वयन भइरहेका आयोजनामा खर्च गर्नका लागि सरकारले हाल्नुपर्ने रकम (काउन्टरपार्टको व्यवस्था) को व्यवस्था समयमै गरिनेछ ।

राष्ट्रिय गौरवका आयोजनाका लागि प्रयोगमा आएका वन क्षेत्र अयन्त्र त्यतिनै जग्गामा विरुवा रोप्नु पर्ने व्यवस्थालाई हटाएर यस्ता आयोजनाको हकमा सो प्रावधान नलाग्ने बनाइने भएको छ । हाल जति वन काटिएको छ, त्यति नै क्षेत्रफलमा अन्य ठाउँमा बिरुवा रोप्नुपर्ने व्यवस्था छ ।

आयोजना कार्यान्वयको प्रमुख समस्याको रुपमा रहेको मुआब्जा निर्धारणलाई व्यवस्थित र वैज्ञानिक ढंगबाट गरिने छ । अब बन्ने ऐनले बजार मूल्यका आधारमा  आयोजनामा पर्ने जग्गाको मुआब्जा निर्धारण गर्ने व्यवस्था गर्ने छ । अहिले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिले सरकारी मूल्याङ्कनको आधारमा मुआब्जा निर्धारण गर्दै आएको छ ।

वातावरणीय प्रभाव मूल्यांकन स् यसलाई ३९ दिनमा प्रक्रिया सम्पन्न गर्ने व्यवस्था गरिने तयारी छ । अहिले ६ महिनाको अवधि लाग्ने गरेको छ । साथै अब आयोजनाको ठेक्का लगाउँदा पुरै आयोजनको एकैचोटि खरिद सम्झौता कार्य सम्पन्न गर्नुपर्ने छ । निर्माण सामग्री अभावका कारण आयोजना निर्माणमा पर्न गएको ढिला सुस्तीलाई मध्येनजर गर्दै निर्माण सामग्रीका लागि निर्माणसम्बन्धी सम्झौतापत्रमै स्थान तोक्ने व्यवस्था गर्न लागिएको छ । राजनीतिक परिवर्तन पछि आयोजना प्रमुख समेत परिवर्तन हुने नियमलाई तोड्नका लागि राष्ट्रिय गौरवका आयोजनाका काम गर्ने कर्मचारीका लागि तालिमको व्यवस्था गर्ने आयोगले जानकारी दिएको छ । साथै तोकिएको समयमा आयोजना सम्पन्न गर्ने कर्मचारीलाई प्रशंसापत्र र सम्मान गरिने छ । अनुगमनका लागि केन्द्रमा मात्र होइन, जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिने भएको छ ।  जसले गर्दा आयोजनमा देखिएका समस्यालाई तत्काल समाधान गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.