मनाङको चामेमा एमालेको पहिलो विजय, गाउँपालिका अध्यक्षमा घले

  २०७४ जेठ १ गते ९:३१     विकासन्युज

काठमाडौं । मनाङको सदरमुकाम चामे गाउँपालिकामा नेकपा(एमाले)का लोकेन्द्रवहादुर घले विजयी भएका छन् । उनी एमालेका तर्फबाट मनाङमा निर्वाचन जित्ने पहिलो उम्मेदवार बनेका हुन् ।

घलेले २१४ मत प्राप्त गरी चामे गाउँपालिकाको प्रमुख निर्वाचित भएका हुन् । घलेका प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेकी थिइन् ।

चामेको उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.