स्काईवर्थका दुई नयाँ प्रोडक्टहरु नेपाली बजारमा, मूल्य ९ हजारदेखि ५६ हजार पर्ने

  २०७४ वैशाख २८ गते १७:०२     विकासन्युज

काठमाडौं । नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स् तथा होम एप्लाएन्सेस्का एकमात्र आधिकारिक विक्रेता स्मार्ट एप्लाएन्सेस् प्रा. लि. ले नेपालमा दुई नयाँ प्रोडक्टहरु थपेको छ । उक्त दुई नयाँ प्रोडक्टहरु स्काईवर्थ ड्रम टाइप भ्याकुम क्लिनर तथा टप लोड डाइरेक्ट ड्राइभ वाशिङ्ग मेशिन रहेका छन् ।



हाईइफिसिएन्सी ड्रम भ्याकुम

नयाँ ड्रम टाइप भ्याकुम क्लिनरमा २१ लिटरको डस्ट स्टोरेज क्षमताका साथै डस्ट लेभल इन्डिकेटर तथा उपयोगी एयर ब्लोइङ्ग क्षमता पनि उपलब्ध छ । साथै उच्च कार्य क्षमता भएको मोटरका साथ शक्तिशाली सक्शन् पनि यसले प्रदान गरेको छ । उक्त मेशिन १८०० वाट र २००० वाट को क्षमतामा क्रमशः ९ हजार ३९० रुपैयाँ तथा १० हजार २०० रुपैयाँमा उपलब्ध छ ।

टप लोड डाइरेक्ट ड्राइभ वाशिङ्ग मेशिन

इन्भर्टर टेक्नोलोजी सहितको नयाँ टप लोड डाइरेक्ट ड्राइभ वाशिङ्ग मेशिनको मोटरमा १० वर्षको वारेन्टीका साथ बजारमा उपलब्ध छ । १३५ देखि २८० भोल्टको न्यूनतम भोल्टेजमा चल्ने यस मेशिनको क्षमता ९ केजी रहेको छ भने यसको मूल्य ५६ हजार ३०० रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.