रेनो क्विडको नयाँ गाडी सार्वजनिक, बजार मूल्य २० लाख ९८ हजार रुपैयाँ मात्र

  २०७४ वैशाख २७ गते १८:०९     विकासन्युज

काठमाडौं । रेनो नेपालले रेनो क्विडको नयाँ गाडी सार्वजनिक गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रमका बीच क्विडको शक्तिशाली १.० लीटर स्मार्ट कन्ट्रोल ईफिसिएन्सी इन्जिन सार्वजनिक गरेको हो । कम्पनीले उक्त कारको बजार मूल्य २० लाख ९८ हजार रुपैयाँ तोकेको छ ।

‘लीभ फर मोर एडिसन’ भनेर चिनिने यस क्विड कार आकर्षक, आविश्कारिक, तथा किफायती रहेको छ । क्विड १.० लीले कम्प्याक्ट ह्याच ब्याक सेगमेन्टका कारहरु खरिद गर्न चाहने ग्राहकहरुका लागि अधिक शक्तिशाली विकल्प प्रदान गर्दछ । क्विडको सफलतालाई निरन्तर कायम राख्ने उत्पादनको सहि प्रतिबद्धता हो, जसले गर्दा रेनो क्विड १.० ली स्मार्ट कन्ट्रोल ईफिसिएन्सी इन्जिन बजारमा अनावरण गरिएको कम्पनीले जनाएको छ ।

शक्ति र डिजाइनको अनुपम संयोजन

यस गाडीमा शक्ति र डिजाइनको अनुपम संयोजन गरिएको छ । क्विड १.० ली स्मार्ट कन्ट्रोल ईफिसिएन्सी इन्जिनलाई ससक्त बनाईएको कम्पनीले बताएको छ । साथै, यसको विशेषताहरुले क्विडलाई विशिष्टता र जिवन्तताको माथिल्लो उचाईमा पुर्याएको छ ।

क्विड एउटा कारको रुपमा ग्राहकहरुको ‘लीभ फर मोर’ को चाहनालाई पुरा गर्ने स्थानमा रहेको छ । उत्कृष्ट कार्यक्षमताका लागि ब्राण्ड न्यू १.० ली स्मार्ट कन्ट्रोल ईफिसिएन्सी इन्जिनलाई अतुलनीय डिजाईन गरिएको छ । यसले डबल ओभर हेड काम सफ्टकोफोर भल्भ पर सिलिण्डर न्यूनतम प्रेसरमा पनि उच्च कार्य क्षमता देखाउँछ र अधिक एयर फिलिङ गर्दछ । जसको कारण लो इण्ड, मिड रेन्ज ताथ हाई एण्ड रेभ ब्याण्डमा पनि इन्जिनले आवश्यक उर्जा उत्पन्न गर्दछ ।

सुरक्षा बिना कुनै सम्झौता

सुरक्षालाई नयाँ स्तरमा पुर्याउन, क्विड १.० ली स्मार्ट कन्ट्रोल ईफिसिएन्सी इन्जिनमा पहिलो श्रेणीको प्रो सेन्स सीटबेल्ट प्रीटेन्सनर्स विथ लोड लिमिटर्स राखिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.