जियोनीको नयाँ स्मार्टफोन एस १० को तस्वीरहरु लिक, चारवटा क्यामरा सहित

  २०७४ वैशाख २७ गते १६:४१     विकासन्युज

चीनको चर्चित स्मार्टफोन निर्माता कम्पनी जियोनीले चाडै नै एस १० सार्वजनिक गर्दैछ । भर्खरै मात्र यो स्मार्टफोनको तस्वीरहरु लिक भएका छन् । जसलाई आधार मानेर यसको नयाँ क्यामराको बारेमा चर्चा भइरहेको छ ।

यी तस्वीरहरुमा स्मार्टफोनको गोल्ड भेरियन्ट देखिन्छ । खासमा यो स्मार्टफोनमा चारवटा क्यामरा भएको अड्कल गरिएको छ । जियोनी एस १०को पछाडी दुई क्यामरा देखिन्छन्, जसले गर्दा अगाडी पनि दुईवटा हुनसक्ने अनुमान गरिएको छ ।

विभिन्न रिपोर्टहरुका अनुसार ड्युअल फ्रन्ट क्यामरा सेटअपमा २० मेगापिक्सलको साथमा आठ मेगापिक्सलको पनि क्यामरा हुनसक्छ । सोही स्मार्टफोनको पछाडी एउटा क्यामरा १६ मेगापिक्सल र अर्को आठ मेगापिक्सलको हुनसक्छ । केहि रिपोर्टका अनुसार भने यसको फ्रन्टमा दुई वटा क्यामरा हुनसक्ने र पछाडी एउटा मात्र क्यामरा हुनसक्छ ।

अर्को फिचरको कुरा गर्दा फोनमा ५.५ इञ्चको डिस्प्ले र यसको रिसोलुसन १९२०8*१०८० पिक्सल छ । फोनमा चार जिबी र्‍याम हुनसक्छ । मोबाइलमा इन्टरनेट स्टोरेज ६४ हुनसक्ने अनुमान छ । फोनको ब्याट्री भने ३४५० एमएएच क्षमताको हुने नवभारतटाइम्सको अनलाइन संस्करणमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.