कर नै नतिरी २६०० अर्ब डलर सम्पत्ति विदेशी खातामा जम्मा, सरकारलाई ७६७ अर्ब घाटा      

  २०७४ वैशाख २५ गते २१:१९     विकासन्युज

 

नवभारतटाइम्स । एप्पल, गुगल, आइबीएम, फाइजर, पेप्सी, कोक र म्याकडोनल्ड्स जस्ता ठुला अमेरिकी कम्पनीहरुको बिदेशी खातामा बिना कर अत्याधिक रकम जम्मा रहेको खुलासा भएको छ ।

अमेरिकाको वासिङटनस्थित इन्स्टिच्युट फर ट्याक्स एण्ड इकोनोमिक पोलिसी (आइटीइपी)ले रिपोर्टले ती अमेरिकी ठुला कम्पनीको खातामा बिना करको २६00 अर्ब अमेरिकी डलर रहेको जनाएको छ । यो अमेरिकी कम्पनीको विदेशी खातामा रहेको सबैभन्दा ठुलो रकम हो । यसबाट अमेरिकी सरकारलाई सात सय ६७ अर्ब डलर शुद्ध घाटा पर्न आउँछ ।

ट्याक्स रहित सो रकम करिब एक सय ५३ मुलुकको कुल जीडीपीको बराबर रहेको छ । उक्त रकमलाई अमेरिकाको रक्षा बजेट भन्दा चार गुणा बढी रहेको भनिएको छ । सन् २०१५ मा अमेरिकी सरकारले सामाजिक सुरक्षा, खाद्य सुरक्षा, चिकित्सा सुविधाका लागि मात्र २.४५ बिलियन अमेरिकी डलर खर्च गरेको थियो ।

आईटीइपीका रिचार्ड फिलिप्सका अनुसार दस हजार फाइलको छानबिन गरेपछिमात्र यो सूचना प्राप्त भएको हो । अमेरिकाका पाँच सय ठुला कम्पनीमध्ये तीन सय २२ वटाले विदेशमा भारीमात्रामा सम्पती जम्मा गरेको पाइएको छ । 

कसरी सम्भव भयो ?

त्यत्रो ठुलो रकम बिना कर विदेशी खातामा जम्मा गर्न कसरी सम्भव रह्यो । यसको एउटै उत्तर हुन्छ – अमेरिकी ट्याक्स कोड ।

फिलिपका अनुसार अमेरिकी ट्याक्स कोडमा एउटा विशेष प्रावधान छ, जसमा निहित रहेर ठुला कम्पनीले फाइदा उठाएका हुन्।

अमेरिकी ट्याक्स कोडमा एउटा प्रावधान छ जसमा कम्पनीहरुको विदेशमा भएको कमाई जबसम्म अमेरिका फिर्ता आउँदैन तबसम्म कर लगाइदैन । टाइम्स अफ इन्डियाका अनुसार, ‘विदेशी कमाईलाई अमेरिका पठाएपछि मात्र कम्पनीहरुलाई पूरा अमेरिकी कर लगाइन्छ। यसममा पहिल्यै दिएको विदेशी करलाई घटाउने गरिन्छ।”

विदेशी रकम भित्र्याउने ट्रम्पको प्रयास

ठुलो रकमदेखेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा स्कीमको प्रस्ताव राखेका छन् । जसअनुसार कम्पनीहरुले विदेशी खाताको रकम अमेरिका भित्र्याउदा एकपटकमा दस प्रतिशत कर तिर्नुपर्छ । यद्दपी अमेरिकामा कर्पोरेट ट्याक्सको दर ३५ प्रतिशत छ। कम्पनीहरुलाई ट्याक्समा भारी छूट अफर दिएर देशले बेहोरेको घाटा जोगाउने उनको रणनीति रहेको छ।

यसअघि स्न २००४मा पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले पनि यस्तै स्कीम ल्याएका थिए । जसअनुसार एकपटकमा ५.२५ प्रतिशत कर तिर्नुपर्थ्यो । यद्दपी त्यो बेलामा सो योजनाले अपेक्षाकृत सफलता प्राप्त गर्न सकेन । किनभने स्वाभाविकरुपमा कम्पनीहरुले विदेशमा कर रहित रकम राख्नुको साटो थोरै दरमा कर तिर्नु उचित ठानेनन् ।

फिलिप्सका अनुसार यसरी विदेशमा ठुलो रकम राख्ने कम्पनीहरुको प्रवृत्ती रोक्न अमेरिकाले तुरुन्त ती रकममा कर लगाउने प्रावधान ल्याउनु जरुरी रहेको छ ।  ट्याक्समा छूट नपाएपछि कम्पनीहरुले आफै विदेशी खातामा रकम राख्न बन्द गर्ने उनले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.