प्रिमियर इन्स्योरेन्समा बीमा दावी प्रक्रिया अनलाईनबाट गर्न सकिने, २३औं वार्षिक उत्सवमा नयाँ लोगो अनावरण

  २०७४ वैशाख २५ गते १३:२२     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा सेवा प्रदायक कम्पनी प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले अनलाईन प्रक्रियाबाट बीमा दावी प्रक्रियाको सेवा सञ्चालन गर्ने भएको छ । कम्पनीको तेईसौं बार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले सो जानकारी दिएका हुन् । बीमा दावीको प्रक्रिया सरलीकृत गर्ने कम्पनीको मुख्य लक्ष्य रहेको र त्यस अनुरुप कम्पनीले छिट्टै नै सीसीआईपी (कस्टुमर क्लेम इम्फरमेशन पोर्टल) मार्फत सेवा दिन लागिएको जानकारी दिए ।

त्यस्तै तेईसौं बार्षिकोत्सव अवसरमा कम्पनीले आफ्नो लोगोमा केही परिवर्तन गरेको छ । नयाँ लोगोको अनावरण कार्यक्रमका प्रमुख अथिति तथा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँईले गरेका छन् । निकट भविष्यमा निर्जीवन बीमा कम्पनीको संख्या २१ वटा पुग्न सक्ने संकेत गर्दै उनले प्रतिस्पर्धामा अगाडि बढ्न सेवा प्रभावकारी हुनु पर्ने उनले बताए ।

कम्पनीले व्यापार प्रवद्र्धन गर्नको लागि नयाँ टिभिसी बनाएको छ ।


सो अवसरमा कम्पनीले वर्तमान स्थिति, हाल उपलब्ध गराउँदै आएका सेवाहरु र भविष्यमा प्रदान गर्ने ग्राहकमुखी सेवाहरु वारे जानकारी दिएको छ । चालु आ. व. २०७३/७४ को तेश्रो त्रैमासिकको अन्त सम्ममा कम्पनीले १ अर्व ७७ लाख रुपैयाँ  बीमा शुल्क आर्जन गर्न सफल भएको जनाएको छ ।

आ. व. २०७२/७३ मा कम्पनीले कुल बीमा शुल्क १ अर्व ४२ लाख आर्जन गरी खुद नाफा  १८ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । हाल कम्पनीको हाल चुक्ता पँुजी ४४ करोड ८५ लाख रुपैयाँ रहेको छ । कम्पनीको व्यावसायिक लक्ष्य पूरा गर्न कम्पनीको अधिकृत पूँजी ७५ करोड रुपैयाँमा बृद्वि गरी २ अर्ब र जारी पुँजीलाई १ अर्व ५० करोड रुपैयाँ बनाएको कम्पनीले जनाएको छ । पुँजी वृद्धि गर्नका लागि कम्पनीले ६ लाख ५९ हजार कित्ता शेयर एफपीओ जारी गर्दैछ । त्यसको लागि एनएनबी क्यापिटल लि. सँग सम्झौता भई धितोपत्र बोर्डमा स्विकृतिको लागि निवेदन पेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.