यामाहाको रेसिङबाइक आर३को प्रायोजनमा ‘यामाहा रेसमान्डु’ सम्पन्न

  २०७४ वैशाख २४ गते १८:४०     विकासन्युज

काठमाडौं । नेपालकै रोमाञ्चकारी मोटरसाइकल रेसिङ ‘यामाहा रेसमान्डु’ सम्पन्न भएको छ । यामाहाको रेसिङबाइक आर३को प्रायोजनमा सम्पन्न प्रतियोगितामा कुल ९० जना खेलाडी सम्मिलित थिए । प्रतियोगिता तीन वटा क्याटागोरीमा सम्पन्न भएको थियो जसमध्ये नेसनल क्याटागोरीमा विवेश श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन् भने प्रत्युस कुँइकेल दोस्रो र निखिल ठकुरी तेस्रो भएका छन् ।

त्यसैगरी, नोभिस क्याटागोरी ए समूहमा आशिक लामा पहिलो, जेबक तुलाधर दोस्रो र रोशन रानामगर तेस्रो भएका छन् । नोभिस क्याटागोरी बी समूहमा विनोद कठायत पहिलो, सुभाश श्रेष्ठ दोस्रो र निखिल ठकुरी तेस्रो भएका छन् ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी खेलाडीहरुलाई पूर्व उद्योगमन्त्री कर्णबहादुर थापा, नासाका अध्यक्ष दशरथ रिसाल, पर्वतीय खेलकुद महासंघका कोषाध्यक्ष मेघराज पौडेल र एमएडब्ल्यु इन्टरप्राइजेज यामाहा डिभिजनका असिष्टेन्ट जनरल म्यानेजर दीपकराज गिरीले पुरस्कार वितरण गरेका थिए ।

ललितपुरको सातदोबाटोस्थित स्वीमिङ पुल कम्पाउन्डमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) मा आबद्ध नेपाल मोटरसाइकल फेडरेसन क्लब (एनएमएफसी) को आयोजनामा रेसमान्डु सम्पन्न भएको हो । रेसमान्डुमा नोभिस अन्तर्गत २ समूह र नेसनल गरी ३ समूहमा खेल सञ्चालन भएको थियो । नोभिस क्याटागोरी ए समूहमा १९८ सिसी सम्मका र नोभिस क्याटागारी बी मा १९९ देखि २५० सिसीका मोटरसाइकल राइडर सहभागी थिए ।
नेसनल क्याटागोरीको प्रतियोगितामा राइडरहरुले यामाहा आर १५ मोटरसाइकल कुदाएका थिए । नासाले यो भन्दा पहिले पनि चार वटा रेसमान्डु सफलतापूर्वक सम्पन्न गरिसकेको छ । रेसमान्डुको यो पाँचौ संस्करण हो । पहिलेका विजेताहरु विदेशमा भएका विभिन्न रेसिङ इभेन्टमा सहभागी भइसकेका छन् । यस पटकका विजेतालाई पनि विदेशमा हुने विभिन्न इभेन्टमा भाग लिनका लागि मौका प्रदान गरिने छ ।

यामाहाको आर३ तीन सय २१ सीसीको इन्जिनयुक्त रेसिङ बाइक हो । त्यसैगरी, नेपालमा रेसिङ कल्चर भित्र्याउने श्रेय पाएको आर १५ को डिजाइन र इन्जिन रेसिङ बाइक आर १ बाट प्रभावित छ जुन युवामाझ निकै लोकप्रिय छ । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.