चिनिया ठेकेदारको लापरवाहीले गौतम बुद्ध विमानस्थल समयमै नबन्ने

  २०७४ वैशाख २२ गते १५:५७     विकासन्युज

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सन् २०१७ को अन्त्यसम्म सम्पन्न गर्ने भनिएपनि दोस्रो चौमाससम्म लक्ष्यको २७ प्रतिशत भौतिक र २१.७ प्रतिशत मात्रै वित्तीय प्रगति भएको छ । आयोजना शुरु भएको यो अवधिसम्म लक्षित काम हुन नसकेपछि आयोजना निर्माण कार्य ६ महिना पछि धकेलिएको हो । २०१७ साउनका सक्ने लक्ष्य राखिएको उक्त आयोजना ठेकेदार कम्पनीको लापरवाहीका कारण २०१८ को जुनसम्म पुग्ने भएको हो ।

मुलुकमा दीगो पर्यटन विकास गर्ने लक्ष्य सहित २०१५ को जनवरी १ मा अघि बढाइएको उक्त राष्ट्रिय गौरवको आयोजना निर्माण कार्यमा ठेकेदारको लापरबाही र व्यवस्थापकीय कमजोरीका कारण अन्योलमा परेकोे छ ।
अंग्रेजी पात्रो अनुसार यहि वर्षको अन्त्यसम्म रुपन्देहीको अवस्थित यस विमानस्थलको स्तरोन्नतीका लागि ३००० मी × ४५ मिटरको नयाँ धावनमार्ग, अन्तर्राष्ट्रिय भव, एयरपोर्ट अपरेशन, प्रशासनिक भवन अघि बढाइएको छ । कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा जीवनद्धार भवनलगायत सञ्चार तथा पथ प्रर्दशक सामग्रीहरू जडान भवनको समेत स्तरोन्नती गर्ने योजना सहित उक्त आयोजन अघि सारिएको हो । यस आवको दोस्रो चौमाससम्म कुल ४२८ विगाह जग्गा अधिग्रहणको प्रक्रिया मूल्यांकनको क्रममा रहेको छ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थलको निर्माण कार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले गर्दै आएको छ । आयोजना निर्माणका लागि चालु आवमा सात खर्ब २७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

तर अहिले आयोजनास्थलमा कामदारको उपस्थिति अत्यन्त न्यून रहेको देखिएको छ । योजना अनुसार काम हुन नसक्दा परियोजनाले जुन गति लिनुपर्ने थियो त्यो लिन नसकेको छैन । हालसम्म उक्त आयोजनको कम्तिमा पनि ४० प्रतिशत काम सम्पन्न हुनुपर्नेमा २७ प्रतिशत मात्र सकिएको छ । दैनिक तीन/चार सय मजदुरले काम गर्नुपर्ने यो आयोजनामा हाल मात्र १५/२० जनाले काम गरिरहेको अवस्था छ । यस्तै पारा होे भने थपेको समयमा पनि निर्माण सम्पन्न हुने देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.