महालक्ष्मी बैंकको ८ प्रतिशत बोनस पारित, यति डेभलपमेन्ट बैंकसँग मर्ज हुने

  २०७४ वैशाख २२ गते १४:४४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको ७.९० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । बिहीबार सम्पन्न कम्पनीको १७औं वार्षिक साधारण सभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको हो । बैंकले आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको सो मात्राका दरले बोनस सेयर वितरण गर्ने भएको छ । साथै, उक्त सभाले यति डेभलपमेन्ट बैंक सँग गाभ्ने/गाभिने प्रस्ताव समेत पारित गरेको छ ।

त्यसैगरी, सभाले आगामी ४ वर्षको लागी ७ जना संचालकहरु चयन गरेको छ । जसअनुसार संस्थापक समूह अन्तर्गत संजय गिरी, राजेशकुमार रौनियार, माधव लाल श्रेष्ठ तथा प्रेमकुमार उलक निर्वाचित भएका छन् । साथै, सर्वसाधारण समूह अन्तर्गत डबल बहादुर शाह, बिरेन्द्र कुमार संघाई तथा श्यामसुन्दर रुङ्गटा  निर्वाचित भएका छन् । निर्वाचन पश्चात बसेको संचालक समितिको बैठकले राजेशकुमार रौनियारलाई अध्यक्ष समेत चयन गरेको छ ।

गत चैत्र मसान्त सम्ममा बैंकको कूल निक्षेप ११ अर्ब ९१ करोड रुपैयाँ तथा कर्जा सापट ९ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै उक्त अवधीमा बैंकले ३४ करोड रुपैयाँ संचालन मुनाफा हासिल गरि सकेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई ए.बि.बि.एस., मोवाईल बैकिंग, एस.एम.एस, सेफ डिजोजिट भल्ट (लकर) तथा ए.टि.एम. सेवा उपलव्ध गरांउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.