एसविआई बैंकको नाफा १ अर्ब १० करोड, खराव कर्जा सबैभन्दा न्यून विन्दूमा

  २०७४ वैशाख २२ गते ९:२९     विकासन्युज

काठमाडौं । नेपाल एसविआई बैंकले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा १ अर्ब १० करोडरुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १५ करोड रुपैयाँले बढी हो । बैंकको सञ्चालन नाफा १ अर्ब ७५ करोड रुपैयाँ छ ।

बैंकको चुक्ता पुँजी ४ अर्ब ५७ करोड रुपैयाँ छ । जगेडा तथा संचित कोषमा ३ अर्ब ११ रुपैयाँ छ ।  बैंकले चैत मसान्तसम्ममा ८५ अर्ब ३७ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ भने कर्जा सापटी ६१ अर्ब ६१ करोड र लगानी १९ अर्ब ७७ करोड गरेको छ । कर्जा निक्षेप अनुपात ७२ प्रतिशत छ ।

बैंकको खराव कर्जा शुन्य दशमलव १२ प्रतिशत छ जुन वाणिज्य बैंकहरु मध्ये सबैभन्दा कम हो । बैंकको कष्ट अफ फण्ड २.९६ प्रतिशत छ, जुन अहिलेको बजारमा निकै कम हो । यसले बैंकको नाफा वृद्धिलाई सहयोग गर्छ ।

बैंकको आरओई २० रुपैयाँ ४१ पैसा छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ छ । पीई रेसियो ४९ प्रतिशत छ । हाल कम्पनीको सेयर प्रतिकित्ता १४५० रुपैयाँमा कारोबार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.