प्रभु इन्स्योरेन्सको अध्यक्षमा कुसुम लामा नियुक्त, इन्स्योरेन्स कम्पनीको अध्यक्षमा पहिलो महिला

  २०७४ वैशाख २० गते २०:००     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा कुसुम लामा नियुक्त भएकी छिन् । इन्स्योरेन्स कम्पनीमा अध्यक्ष हुने सम्भवत उनी पहिलो महिला हुन् । अर्थशास्त्र विषयमा स्नातकोत्तर लामा सोही कम्पनीको विगत चार वर्षदेखि सञ्चालक थिइन् । प्रभु बैंकमा करिब चार वर्ष सञ्चालक भएर काम गरेको उनको अनुभव छ ।

बैशाख २० गते बसेको संचालक समितिको बैठकले लामालाई  कम्पनीको संचालक समितिको अध्यक्ष चयन गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागू भएपछि कम्पनीको अध्यक्ष देविप्रकाश भट्टचनले पदबाट राजीनामा गरेको थिए । नयाँ ऐनमा एउटै व्यक्ति बैंक र बीमा दुबै कम्पनीको सञ्चालक समितिमा बस्न नपाउने व्यवस्था गरेको छ । भट्टचन प्रभु बैंकमा अध्यक्ष छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.