तनहुँजलविद्युतको आधाभन्दा बढी मुआब्जा बितरण, सरोकार समितिका अध्यक्षले नै बुझे मुआब्जा ७५ लाख रुपैयाँ

  २०७४ वैशाख २० गते १८:३३     विकासन्युज

काठमाडौं । १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको जलशायबाट डुवानमा पर्ने निजी जग्गा अधिग्रहणका लागि आधाभन्दा बढी मुआब्जा बितरण गरिएको छ । डुवानमा पर्ने जग्गाको मुआब्जा र त्यसमा रहेका घर, गोठ,टहरा फलफुल तथा रुख विरुवाको क्षतिपूर्ति वापत बुधबारसम्ममा ३२ करोड रुपैयाँ वितरण गरिएको आयोजनाले बताएको छ ।

जलशयबाट डुवान क्षेत्रमा पर्ने करिव तीन सय ३० घरधुरीको  एक हजार दुई सय रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ । यसका लागि करिव ६० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तीनसय ३० घरधुरीको जग्गामध्ये बुधबारसम्ममा एक सय ६२ घरधुरीले जग्गाको मुआब्जा बुझेका हुन् । आयोजनाको बा“ध बनेपछि बन्ने  जलशायले तनहु“का भिमाद, माझकोट, ऋषिङ्ग रानीपोखरी, साभुङ्ग भगवतीपुर, कोटदरबार, जामुने र छाङ  क्षेत्रका जग्गा डुवानमा पर्ने छन्  डुवानमा पर्ने जग्गाको मुआब्जा र त्यसमा रहेका घर, गोठ,टहरा फलफुल तथा रुखविरुवाको क्षतिपूर्ति बितरण गरिएको हो ।

आयोजनाले डुवान क्षेत्रको जग्गा अधिग्रहणका लागि गत ५ फागुनबाट मुआब्जा बितरण सुरु गरेको थियो । सरकारले चालु आर्थिक वर्ष ०७३/७४मा मुआब्जा वितरणका लागि ४२ करोड रुपैया“ बिनियोजन गरेको छ । त्यसमध्ये बुधबारसम्ममा ३२ करोड रुपैया“ बितरण गरिएको हो ।

जलशायबाट डुवान क्षेत्रमा पर्ने करिव  एक हजार दुई सय रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ । यसका लागि करिव ६० करोड रुपैया“ लाग्ने अनुमान गरिएको छ । आयोजनाको बा“ध बनेपछि बन्ने  जलशायले तनहुँका भिमाद, माझकोट, ऋषिङ्ग रानीपोखरी, साभुङ्ग भगवतीपुर, कोटदरबार, जामुने र छाङ  क्षेत्रका जग्गा डुवानमा पर्ने छन् ।

जग्गा प्राप्ती ऐन २०३४मा भएको व्यवस्था अनुसार तनहुका प्रमुख जिल्ला अधिकारी  फणिन्द्रमणि पोखरेलको अध्यक्षमा गत  २३ माघमा २०७३मा बसेको मुआब्जा निर्धारण समितिको बैठकले आयोजनको डुवान क्षेत्रको जग्गाको मुआब्जा निर्धारण गरेको थियो । डुवान क्षेत्रमा पर्ने जग्गाको स्थलगत अध्ययन, सरोकारवालास“ग छलफल, जग्गाको अवस्था, किसिम, अवस्थिति, उपभोग, स्थानीय चलनचल्तीको मूल्यका  मुआब्जा निर्धारण गरिएको थियो ।  डुवानमा पर्ने जग्गाको प्रति रोपनी दुई लाख देखि आठ लाख रुपैया“सम्म मुआब्जा निर्धारण गरिएको छ ।

सरोकार समितिका अध्यक्षले नै बुझे मुआब्जा ७५ लाख रुपैयाँ
तनहुँ हाइड्रो प्रत्यक्ष क्षेत्र सरोकार समितिका अध्यक्ष गोवद्र्धन थालो बुधबार मुआब्जा बुझेका छन् । थापले आफ्नो र परिवारका सदस्यको नाममा रहेको जग्गाको करिव ७५ लाख रुपैयाँ बुझेका हुन् । थापा अध्यक्ष रहेको सरोकार समितिले  निर्धारण गरिएको  मुआब्जामा चित्त नबुझाउ“दै गृह मन्त्रालयमा उजुरी गरेको थियो ।

टेण्डरको म्याद थप
आयोजना निर्माणका लागि ठेकेदार छनोटका लागि गरिएको टेण्डरको म्याद थपिएको छ । पहिलो प्याकेजका लागि ३ जेठ (१७ मे) र दोस्रोका लागि १७ जेठ (३१ मे)सम्मका लागि थप गरिएको आयोजनाले जनाएको छ । आयोजनाले गत १९ माघमा ९० दिनभित्र प्रस्ताव पेश गर्न टेण्डर आह्न गरेको थियो । प्रस्ताव पेश गर्ने अन्तिम म्याद विहीबार थियो । प्रतिश्पर्धामा रहेका कम्पनीले प्रंस्ताप पेश गर्न थप समय माग गरेपछि म्याद थपिएको आयोजनाले बताएको छ ।

पहिलो प्याकेजमा नदी फर्काउने, बा“ध लगायतका संरचना निर्माणका काम राखिएका छन् । यो काम गर्न पूर्व योग्यतामा ५ कम्पनी छनौट भएका थिए । दोस्रो प्याकेजमा सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका काम राखिएका छन् । यसको पूर्व योग्यतामा तीन कम्पनी छनौट भएका थिए ।

आयोजनाको १४० मिटर अग्लो बा“ध व्यास नगरपालिकमा पर्ने छ । आयोजनाको जलशाय बा“धको माथिल्लो तटमा करिव २५ किलोमिटर फैलने छ । काहु“शिवपुरको कुनौटेमा भूमिगत विद्युत गृह रहने छ । सेती नदीको दाया“ किनार हु“दै ७.४ मीटर व्यासको १२०३ मीटर सुरुङमार्फत बा“धभन्दा करिव ५ किलोमिटर तल्लो तटमा रहने भूमिगत विद्युत गृहमा पानी पु¥याएर विद्युत उत्पादन गरिने छ । विद्युत गृहमा ७०/७० मेगावाटका दुईवटा फ्रान्सिस टर्वाइन रहनेछन् । विद्युत उत्पादनपछि १९० मिटर लामो निकास सुरुङमार्फत पानीलाई पुनः सेती नदीमा खसालिने छ ।

ठेक्कापट्टका सम्पूर्ण काम०७४ को असोजभित्रमा सक्ने र त्यसपछि निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ । आयोजनाको निर्माण ०७९ पुसको दोस्रो साता (२०२२ को डिसेम्बर अन्तिम)मा सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।  अहिले निर्माण पूर्वका काम भइरहेका छन् । आयोजनाबाट उत्पादित बिजुली २२० किलोभोल्ट (केभी)को डबल सर्किट प्रसारण लाइनमार्फत नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरिनेछ । यसका लागि विद्युत गृहदेखि चितवनको भरतपुरस्थित सव स्टेसनसम्म ३७ किलोमिटर प्रसारण लाइनको निर्माण गरिने छ ।

आयोजनाबाट विद्युत उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८करोड ९९ लाख युनिट उत्पादन हुने छ । बढी विजुली माग हुने हिउ“दमा आयोजना ६ घण्टा पूर्ण क्षमतामा अर्थात १४० मेगावाटमा सञ्चालन हुने छ ।
आयोजनाको अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर छ । यो लागत निर्माण अवधिको ब्याज, प्रसारण लाइन निर्माण र ग्रामिण विद्युतीकरण सहितको हो ।

आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको ८ करोड ६० लाख, एसियाली विकास बैकको १५ करोड,   जापान अन्तराष्ट्रिय सहयोग नियोगको १८  करोड ४० लाख   र  युरोपेली लगानी बैकको लगानी ८ करोड ५० लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी रहने छ । लगानीकर्तास“ग ऋण सम्झौता भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.