कम्पोजिट सिलिन्डर नेपाली बजारमा, सिलिण्डर भित्रको ग्यास देख्न सकिने, विष्फोट र ग्यास चुहिने डरबाट मुक्त

  २०७४ वैशाख १८ गते १४:२५     विकासन्युज

काठमाण्डौं । नेपालमै पहिलो पटक नेपाली उपभोक्ता माझ कम्पोजिट सिलिन्डर बजारमा आएको छ । क्लासिक ट्रेड इन्टरनेसनल प्रालिले कार्बन कम्पोजिट फाइबरले बनेको एलपिजी सिलिन्डरलाई बजारमा ल्याएको हो ।

आधुनिक प्रविधिबाट निर्मित यस कम्पोजिट सिलिन्डर कार्बन कम्पोजिट फाइबरले बनेको एलपिजी सिलिन्डरलाई मल्टी नेशनल कम्पनी टाइम टेक्नोप्लास्टले उत्पादन गरेको हो ।

फलामले बनेको सिलिन्डर ६० वर्ष पूरानो प्रविधि भएको कारण सुरक्षा सवालमा अत्यधिक जोखिम भएकै कारण विकल्पको खोजी भैरहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले बताए ।

कम्पोजिट सिलिन्डर अत्याधुनिक प्रविधिबाट बनेको हुँदा यो शतप्रतिशत सुरक्षित र उपयुक्त हुने प्रतिवद्धता व्याक्त गर्दै क्लासिक ट्रेड इन्टरनेसलका अध्यक्ष कृष्णकुमार श्रेष्ठले यो व्यापार र व्यावसायको मात्र सवाल नभई उपभोक्ताको सुरक्षा प्रमुख रहेको बताए ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पुरानो प्रविधिका कारण वर्षेनी १२ जनाले अनाहकमा ज्यान र करोडौंको धन गुमाउनु परेको उल्लेख गर्दै २१ औं शताब्दीको नवीनतम् प्रविधिमा आधारित यस कम्पोजिट सिलिन्डर विकसित देशहरुमा सुरक्षित र सजिलो भएको जानकारी गराए ।

हाल बजारमा पाइने फलामको एल.पि.जी सिलिण्डर  बिस्फोटको खतरा, गह्रौ तौल भएको, अपारदर्शी एवं ग्यासको मात्रा जान्न नसकिने, पुरानो प्रविधिबाट बनेको, खिया लाग्ने तथा घाम पानीबाट खिएर जाने, आकर्षक आकार र रंगमा उपलब्ध नभएको, ओसार पसार तथा मर्मत संभारमा कठिनाई भएको एवम्  युनिभर्सल भल्व जडान नभएको कारण दुर्घटना भई बढी क्षति हुने संभावना हुने भएको जनाउँदै क्लासिक ट्रेडले  नवीनतम् प्रविधिमा आधारित कम्पोजिट एलपिजी सिलिण्डर बजारमा ल्याएको उल्लेख गरेको छ ।

कम्पनीको अनुसार नयाँ सिलिण्डर हलुका र भरपर्दो, पारदर्शी एवं ग्यासको मात्रा सजिलै देख्न सकिने, उच्च प्रविधिबाट बनेको, यु. भि.  प्रविधियूक्त भएकोले घामपानीबाट खिया नलाग्ने तथा जस्तै खराब मौसममा पनि खिएर नजाने, आकर्षक रंग र आकारमा उपलब्ध हुने, पुनःप्रयोग गर्न सकिने कच्चापर्दाथबाट बनेको, मर्मत संभारमा लागत कम हुने, मजबुत बनावट भएको, युनिभर्सल भल्व जडान भएकोले  ग्याँस लिकेज हुनबाट जोगाउछ । विकशित देशमा परीक्षण निकायबाट मजबुत प्रमाणित भएको साथै नेपाल सरकार, नापतौल तथा गुणस्तर विभागबाट समेत स्वीकृति तथा प्रमाणीकरण भएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा विस्फोटन हुनबाट शतप्रतिशत सुरक्षित रहेको भन्दै यस  कम्पोजिट एलपिजी सिलिण्डरको निर्माण कम्पनी  टाइम टेक्नोप्लाष्ट इन्डियाका एम .डि.  अनिल जैनले केही बर्षभित्रै नेपालमै निर्माण उद्योग खोल्ने जानकारी गराए । उक्त कार्यक्रममा, उद्योगपति श्री कालु गुरुङ, भाटभटिनी सुपर मार्केटका अध्यक्ष मीन बहादुर गुरुङ, ग्याँस बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्याल, कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनाल लगायतको सहभामगिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.