कलंकीमा दृष्टि आइ केयर सिस्टम, आधुनिक प्रविधिबाट आँखाको उपाचार गरिने

  २०७४ वैशाख १७ गते १९:१३     विकासन्युज

काठमाडौं । नविनतम् प्रविधियुक्त अन्तर्राष्टिय स्तरको गुणस्तरीय आँखा स्वास्थ्य सेवा सर्वसुलभ रुपमा उपलब्ध गराउने उदेश्यले दृष्टि आइ केयर सिस्टमको स्थापना गरिएको हो । यसको स्थापना र सञ्चालन  नेत्ररोग विशेषज्ञ, दृष्टि विशेषज्ञ तथा आँखा स्वास्थ्यमै क्रियाशिल व्यक्तिहरुबाट भएको हो ।

दृष्टि आइ केयर सिस्टमले वि.स. २०७० असोज २८ गते झापाको विर्तामोडमा मेचि दृष्टि आँखा अस्पताल स्थापना गरि सेवा आरम्भ गरेको थियो । सेवा विस्तारको क्रममा विरगंजमा विरगन्ज दृष्टि आँखा केन्द्र र कलंकीमा दृष्टि आई केयर सेन्टर सुचारु गरिएको छ । त्यसैगरी दृष्टि आइ केयर सिस्टमले  विर्तामोड, बाराको कलैया, काठमाण्डौको जमल र चावहीलमा समेत आँखा उपचार केन्द्र स्थापना गरी सेवा प्रदान गरिरहेको छ ।

दृष्टि आइ केयर सिस्टमले सबैको लागि दृष्टि सधैको लागि दृष्टि भन्ने मूल मर्मका साथ आफ्नो सेवा प्रदान गर्दै आइरहेको दृष्टि आइ केयरका प्रमुख कार्यकारी अधिकृत डा. भाइराज श्रेष्ठले बताए । उनले भन्छन्–आँखा परिक्षण र उपचारमा सवैको सहज पहुँचका निम्ति हामीले शुल्क सर्वसुलभ बनाएका छौ । अझ अति विपन्न र रकम कै कारण उपचारबाट बन्चित भएकालाई निशुल्क उपचारको प्रबन्ध गरेका छौ । रोग लाग्नु भन्दा रोग लाग्नबाट बचाउनु महत्वपूर्ण कार्य हो, यसैलाई मध्यनजर गरेर हामीले आँखा जचाँउ स्कुल जाउ भन्ने अभियान आरम्भ गरेका छौ । यो अभियान अन्तरगत दृष्टि आइ केयर सिस्टमका सवै अस्पताल र केन्द्रहरुमा आरम्भदेखि नै पाँच बर्ष मूनिका सबै बालबालिकाहरुलाई निशुल्क आँखा परिक्षणको व्यवस्था गरिएको छ ।

उनका अनुसार आज पनि अन्धोपनको मुख्य कारण मोतियाबिन्दु नै हो ।  ठूलो संख्यामा मोतियाबिन्दुको अपरेसन गर्नुपर्ने भएकाले हामीले विना इन्जेक्सन अत्याधुनिक प्रविधिबाट अपरेसन गर्ने प्रबन्ध गरेका छौ । त्यसैगरी आँखाको जटिल शल्यक्रियाहरु आँखाको नानि प्रत्यारोपण, रेटिना (पर्दा) को सल्यक्रिया सुरु भइसकेको छ । त्यस्तै डेढो आँखा, आँखाबाट पिप बगिरहने, आँखामा मासु पलाएको सल्यक्रिया गरिन्छ । अल्छि आँखाको उपचारको लागि नेपालमा नै पहिलो पटक अमेरिकी प्रविधि भिटिएस सफ्ट वयरबाट उपचार सुरु गरिएको छ ।

दृष्टि आइ केयर सेन्टर कलंकीमा शल्यक्रिया पश्चात हुन सक्ने इन्फेक्सनलाई  न्यूनिकरण गर्न अपरेसन कोठालाई सम्पूर्ण रुपमा भिनाइल फ्लोरिङ गरि हेपा फिल्टर राखि अन्तराष्टिय स्तरको बनाएका छौ । त्यसैगरी हरेक विरामीले पारदर्शि रुपमा आफ्नो रोगसम्बन्धी जानकारी लिन र अपरेसनको समेत भिडियो हेर्न सकिने सुविधा प्रबन्ध गरेका छौ । सेन्टरको उद्घाटन बैशाख १५ गते कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.