हुण्डाईको ३ एस सेन्टर बिराटनगरमा

  २०७४ वैशाख १४ गते १४:१९     विकासन्युज

बिराटनगर । बिराटनगरमा हुण्डाईको ३ एस सेन्टर सञ्चालनमा आएको छ । हुण्डाई मोटर्सको नेपालका लागि आधिकारी बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले बिराटनगरमा सेल्स, सर्भिस र स्पेयर पार्टसको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।


बिराटनगरस्थित रोयल अटो वल्र्ड प्रालीलाई ३ एस सेन्टरका रुपमा विकास गरिएको हो । रोयल अटोका भिमप्रसाद पौडेल र लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकर श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

३ एस सेन्टरमा ५ वटा गाडीको शोरुम, उत्कृष्ठ प्राबिधिकहरु एयर कन्डिसन र वाइफाइ सुविधा रहेको छ । लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले उपत्यका बाहेक पोखरा, नारायणघाट, बुटवल, दाङ, दमक, बिर्तामोड, बनेपा, धनगढी, भैरहवा, इटहरी, नेपालगञ्ज र हेटौडा जस्ता प्रमुख शहरहरुमा १३ वटा डिलरसिप स्थापना गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.