माथिल्लो तामाकोशीको साधारणसभा जेठ ३ गते, सेयर निष्काशनको प्रस्ताव आएन, चन्दा वितरण अनुमोदन विशेष प्रस्ताव

  २०७४ वैशाख १४ गते ८:४०     विकासन्युज

काठमाडौं । माथिल्लो तापाकोशी हाइड्रोपावर लिमिटेडले जेठ ३ गतेको लागि नवौं वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभामा कम्पनीले दोलखा जिल्लाका विभिन्न संघ संस्थालाई दिएको चन्दा तथा आर्थिक सहयोग अनुमोदन सम्बन्धी विशेष प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले कति चन्दा तथा आर्थिक सहयोग वितरण गरेको हो भन्न विषय प्रस्तावमा उल्लेख गरेको छैन ।

कम्पनीले दोलखाबासी र सर्वसाधारणको लागि सेयर निष्काशन गर्न नसकिरहेको सन्दर्भमा हुन लागेको साधारणसभामा यस सम्बन्धी कुनै पनि प्रस्ताव प्रस्तुत नगरिने भएको छ । अध्यक्षको भाषण र वार्षिक प्रतिवेदन अनुमोदन गर्ने लगायत समान्य र नियमित प्रक्रियाअनुसारको प्रस्ताव साधारणसभामा प्रस्तुत गरिने कम्पनीका कार्यकारी प्रमुख विज्ञान श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.