महासंघको नयाँ नेतृत्वलाई उद्योग मन्त्रालयमा स्वागत

  २०७४ वैशाख १४ गते ७:०५     विकासन्युज

काठमाडौं । उद्योग मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीहरु तथा कार्यसमिति सदस्यहरुलाई मन्त्रालयमा बोलाएर स्वागत गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग मन्त्री नविन्द्रराज जोशीले नेपाल उद्योग वाणिज्य महासंघ विशुद्ध आर्थिक मुद्दामा केन्द्रीत होस् भन्ने शुभकामना दिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग मन्त्री जोशीले आर्थिक सम्वृद्धि अहिले सबै राजनैतिक पार्टीको मुख्य प्राथमिकतामा परेको र लगानीको वातावरण बनेको बताए ।

उद्योग प्रशासनमा रहेको जटिलताहरुलाई सरलिकृत गर्ने दिशामा उद्योग मन्त्रालयले कार्य शुरु गरिसकेको बताउँदै मन्त्री जोशीले यसको सुरुवात उद्योग विभागमा एकद्धार प्रणाली सेवाको सुरुवातबाट भैसकेको बताए । औद्योगिक वातावरण बनाउन मन्त्रालय अहिले नीतिगत सुधारमा लागेको भन्दै मन्त्री जोशीले उद्योग प्रशासनको सेवालाई छिटो छरितो र पारदर्शी बनाउन औद्योगिकरण, सहजिकरण समिति गठन गर्ने दिशामा रहेको बताए ।

उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोईरालाले उद्योग प्रशासन अहिले निजी क्षेत्र मैत्री रहेको भन्दै राष्ट्रको सम्वृद्धि बढाउने कुरामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सरकारका तर्पmबाट पहिलो पटक निजी क्षेत्रको सम्मानमा यस प्रकारको कार्यक्रमको आयोजना भएको भन्दै यसले निजी क्षेत्रमा थप उर्जा मिलेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.