पृथ्वी राजमार्गलाई चार लेनको बनाउने प्रस्ताव, त्रिशुलीपारी नयाँ राजमार्ग बनाउने दोस्रो विकल्प

  २०७४ वैशाख १२ गते ११:५१     विकासन्युज

काठमाडौं । सरकारले पृथ्वी राजमार्ग र पूर्व पश्चिम राजमार्गलाई चार लेनको बनाउने योजना अघि सारेको छ । उक्त राजमार्गलाई चार लेनको बनाउन प्रस्ताव अघि सारिएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सह प्रवक्ता विष्णुप्रसाद शर्माले बताए । उक्त दुबै सडकमा बजेट विनियोजन गर्न मन्त्रालयले अर्थ मन्त्रालयसँग लबिङ गरिरहेको छ ।

हाल उक्त प्रस्ताव सडक विभाग, राष्ट्रिय योजना आयोग हुँदै अर्थ मन्त्रालयसम्म पुगेको छ । पृथ्वी राजमार्गलाई चार लनेको बनाउने प्रस्ताव आगामी आर्थिक वर्ष २०७४÷७५ को सरकारको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन हुने मन्त्रालयले बताएको छ । राजमार्गमा गाडीको चाप बढ्दै गएको र बाटो स्तरोन्नति गर्दा समेत बाटो अवरोध हुन पुगेर आम सर्वसाधारणले सास्ती खेप्नु परेको छ,’ शर्माले भने ‘चार लेनको सडक बनेमा सहज रुपले गाडी गुड्न पाउने छ ।’

मन्त्रालयका अनुसार पृथ्वी राजमार्गको विद्यमान सडकलाई दुई लेनमा नै कायम गरि त्रिशूली पारी थप दुई लेन सडक खन्ने विकल्पबारे पनि छलफल भईरहेको छ । त्रिशुली पारी नयाँ सडक बनाउँदा पुरानो राजमार्गमा अवरोध हुने छैन ।

राजधानीको बालाजु, नुवाकोटको कोल्फुकिनार हुँदै गल्छीबाट त्रिशुली पारीको किनाराबाट दाधिङ, गोर्खा, तनहुँहुँदै चितवनसम्म नयाँ राजमार्ग खोल्दा पृथ्वी राजमार्ग विस्तार गर्नु नपर्ने विकल्प पनि अगाडि सारिएको छ ।

सरकारले पूर्वपश्चिम राजमार्गलाई पनि चार लेनको बनाउने कार्य थालेको भने थालि सकेको छ । एशियाली विकास बैंकको सहयोगमा उक्त राजमागलाई चार लनेको बनाउन लागेको हो । २० अर्बको लागतमा उक्त राजमार्ग निर्माण गर्ने सरकारको अनुमान छ ।

मन्त्रालयले पहिलो चरणमा नारायणघाट–बुटवल खण्ड बनाउन ग्लोबल टेण्डर पनि गरिसकेको छ । सडक विस्तारका लागि एक दर्जनभन्दा बढी निर्माण कम्पनीहरुले बोलपत्र बुझाएका छन् । मन्त्रालयका अनुसार सडक निर्माण कार्य चालू आवको अन्त्यसम्ममा शुरू हुनेछ । दोस्रो चरणमा पूर्वपश्चिम राजमार्ग अन्तर्गतको काँकडभित्तादेखि नारायणघाटसम्मको सडकलाई चार लेनको बनाउने सरकारी योजना छ ।

यसका साथै सरकारले पूर्वपश्चिम जोड्ने हुलाकी राजमार्ग,  मध्यपहाडी राजमार्ग, महेन्द्र राजमार्ग, भित्री मधेश राजमार्ग, र उच्च पहाडी राजमार्ग गरी पाँच वटा राजमार्ग निर्माण गर्ने योजना बनाएको छ । उक्त राजमार्गमध्ये उच्च पहाडी राजमार्ग बाहेक अरू सबै राजमार्गको निर्माण  कार्य भइरहेको छ । ताप्लेजुङदेखि दार्चुला जोड्ने उच्च पहाडी राजमार्ग आगामी बजेटमार्फत घोषणा गर्ने तयारी मन्त्रालयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.