सिभिल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा गोबिन्द गुरुङ नियुक्त

  २०७४ वैशाख ११ गते १८:५६     विकासन्युज

काठमाडौं । सिभिल बैंकले कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोबिन्द गुरुङलाई नियुक्त गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको दोस्रो कार्यकाल आगामी साउन १२ गतेबाट सकिने र तेस्रो कार्यकालका लागि महर्जनलाई नियुक्त हुन अदालतको फैसला बाधक हुने भएपछि बैंकले उनलाई विदा गर्ने भएको छ । महर्जन सिभिल बैंकको संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट २०४९ सालमा एमबीए गरेका गुरुङसँग २१ बैंक विभिन्न बैंकमा काम गरेको अनुभव छ ।

कामु सीईओ गुरुङ विगत साढे चार वर्षदेखि सिभिल बैंकमा कार्यरत छन् । उनले यसअघि मेघा बैंकमा साढे २ वर्ष, ग्लोबल बैंकमा साढे तीन वर्ष र हिमालयन बैंकमा ११ वर्ष काम गरेका थिए ।

साउनपछि गुरुङनै सो बैंकको प्रमुख कार्यकारी अधिकृत हुने सम्भावना रहेको छ ।

साउन १२ गतेसम्म किशोर महर्जनको कार्यकाल बाँकी नै भएपनि उनी महत्वपूर्ण निर्णयमा सहभागी हुने छैनन् । जिम्मेवारी हस्तान्तरणको कामले कार्यलय गएपनि महत्वपूर्ण निर्णयमा हस्ताक्षर गर्ने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.