लोकतन्त्र दिवसमा महेश जल सेवा आरम्भ

  २०७४ वैशाख ११ गते १८:०८     विकासन्युज

काठमाडौं । नेपालमा बसोबास गर्ने माहेश्वरी समुदायको प्रतिनिधी मुलक संस्था नेपाल माहेश्वरी परिषदले लोकतन्त्र दिवसको अवसर पारेर महेश जल सेवा कार्यक्रम सुरु गरेको छ । गर्मी समयमा सर्वसाधारणहरुलाई खानेपानीको अभाव नहोस भन्ने उदेश्यसहित परिषदले काठमाडौंसहित देशका प्रमुख शहरहरुमा जल सेवा आरम्भ गरेको अध्यक्ष जयकिशन सारडाले बताए ।

अध्यक्ष सारडाका अनुसार परिषदले सोमबारदेखि नै काठमाडौं हुँदै मेचि, सुनसरी, बिराटनगर, सप्तरी, बिरगञ्ज, हेटौँडा, नारायणगढ, भैरहवा, नेपालगञ्ज र धनगढीमा जल सेवा आरम्भ गरेको हो । परिषदले सर्वसाधारणहरुको बढि आवतजावत हुने ठाउँमा निःशुल्क सुद्ध खानेपानी उपलब्ध गराउनेछ । सो कार्यक्रमको सुभारम्भ सोमबार काठमाडौंको ज्ञानेश्वरबाट गरिएको थियो ।

चाँडै देशका २० शहरहरुमा जल सेवा विस्तार गर्ने योजना रहेको पनि अध्यक्ष सारडाले बताए । परिषदले जल सेवा सञ्चालन गरेकै क्षेत्रमा रक्तदान कार्यक्रम पनि आयोजना गर्ने बताएको छ । पानी नै जिवन हो भन्ने मुल नारालाई सार्थक बनाउन भन्दै जल सेवा कार्यक्रमलाई व्यापक बनाउँदै लैजाने कार्यक्रम रहेको पनि उनले जानकारी दिए । नेपालमा ८ सय माहेश्वर परिवारको ४ जनसंख्या रहेको छ । विश्वभर माहेश्वरीहरुको जनसंख्या ११ लाख मात्रै रहेको छ । माहेश्वरी समुदायलाई मारवाडी समुदाय भित्रको अल्प संख्या समुदाय मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.