विश्वज्योति मोबाइल मार्टमा बैशाखमहिना भरी, ४० प्रतिशत छुटसहित पुराना मोबाइल साट्ने सुविधा

  २०७४ वैशाख ११ गते १५:३१     विकासन्युज

काठमाडौं । नयाँ वर्षको उपलक्ष्य पारेर विश्व ज्योति मलमा सुरु भएको मोबाइल महोत्सव बैशाख महिना भरी सञ्चालन हुने भएको छ । मेलामा दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने भईरहेको मोबाइल मार्टमा महोत्सव अवधिमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न सकिने आयोजकले बताएका छन् ।

विश्व ज्योति मोबाइल मार्टले गत चैत ३१ गतेदेखि मोबाइल महोत्सव सञ्चालन गर्दै आएको छ । सेवाग्राहीको उपस्थिति बाक्लो बनेका कारण महोत्सवलाई बैशाख महिनाभरी सञ्चालन गर्न लागिएको मोबाइल मार्टका अध्यक्ष प्रकाशम जर्हजनले जानकारी दिए ।

साथै महोत्सव अवधिभर निःशु्ल्क मोबाइल सर्भिसिंग गर्ने व्यवस्था मिलाएको मार्टमा नयाँ मोबाइलको खरिदमा सातदेखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले बताए ।

मोबाइल मार्टमा जेडटीई, लाभा, जियोनी, लेनोभो, इनफोकस, ओप्पो, साओमी, कुल प्याड, सामसुंग, ओभिआई लगायत एक दर्जन बढी ब्राण्डका आधिकारिक बिक्री केन्द्रहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.