एभरेष्ट बैंकको २६ प्रतिशतले नाफा बढ्यो, ९ महिनाको कमाई डेढ अर्ब रुपैयाँ

  २०७४ वैशाख ११ गते ८:३५     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमटेडले चालू आर्थिक वर्षको नौ महिनामै डेढ अर्ब रुपैयाँ नाफा कामाएकाे छ ।

यो बैंकले चालू आर्थिक वर्षको तेस्रो अपरिस्कृत वित्तीय विवरण अनुसार १ अर्ब ५२ करोड रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ ।

यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ करोड ६८ लाख अर्थात २६ दशमलव २० प्रतिशतले बढी हो । अधिल्लो वर्षको यही अवधिमा यो बैंकले १ अर्ब २० करोड रुपैयाँ खुँद नाफा गरेको थियो ।

बैंकले गत चैत मसान्तसम्ममा निक्षेप ९२ अर्ब ८१ करोड रुपैयाँ  संकलन  गरेकाे छ। बैंकले यो अवधिसम्ममा ७३ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अवधिसम्ममा बैकले गरेको लगानी १२ अर्ब ३६ करोड रुपैयाँ छ ।

यो बैंकको चुक्ता पुँजी ४ अर्ब ६० करोड रुपैयाँ मात्रै छ । बैंकको जगेडा कोषमा भने ५ अर्ब  ४३ करोड रुपैयाँ छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७० दशमलव ८९ प्रतिशत रहेको छ । बैंकको खराव कर्जा शून्य दशमलव ६७ प्रतिशत छ ।

बैंकको प्रति सेयर आम्दानी ४४ रुपैयाँ ९५ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २२० रुपैयाँ ०४ पैसा छ । आइतबार यो बैंकको प्रतिसेयर कारोबार १९ सय १० रुपैयाँमा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.