सानिमा बैंकले कमायाे ९४ करोड, बै‌ककाे नाफा २७ करोडले बढ्यो

  २०७४ वैशाख ११ गते ८:१३     विकासन्युज

काठमाडौं । सानिमा बैंकले ९४ करोड ६९ लाख रुपैयाँ कमाएको छ । यो बैंकले चालू आर्थिक वर्षको नौ महिनामा कमाएको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४१ प्रतिशतले बढी हो ।

यो बैंकले चालू आवको पहिलो नौ महिनामा गरको यो खुँद नाफा अधिलो वर्षको तुलनामा २७ करोड रुपैयाँले बढी हो ।

गत वर्ष बैंकले यो अवधिमा सानिमा बैंकले ६७ करोड रुपैयाँ खुँद नाफा कमाएको थियो । बैंकले चैत मसान्तसम्मको निक्षेप ५५ अर्ब ३२ करोड रुपैयाँ संकलन गरेको छ । बैंकले ४८ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसले ७ अर्ब ९२ करोड रुपैयाँको लगानी गरेको उल्लेख छ ।

यो बैंकको चुक्ता पुँजी ६ अर्ब २७ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ७६ करोड रुपैयाँ छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७५ दशमलव १७ प्रतिशत रहेको छ । बैंकको खराव कर्जा शून्य दशमलव ०४ प्रतिशत मात्रै छ ।

बैंकको प्रति सेयर आम्दानी २३ रुपैयाँ ९५ रहेको छ भने प्रति सेयर नेटवर्थ १३२ रुपैयाँ ८१ पैसा छ । आइतबार यो बैंकको प्रतिसेयर ४ सय ८९ रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.