देशभरका युवा उद्यमीलाई काठमाडौंमा निम्तो, आत्मनिर्भर अर्थतन्त्र बनाउने संकल्प

  २०७४ वैशाख ११ गते ७:३७     विकासन्युज

काठमडौं । उद्योग मन्त्रालयले देशभरका युवा उद्यमीलाई काठमाडौंमा भेला गरेर आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने संकल्प अघि सारेको छ । उद्योग मन्त्रालयले जेठ २४ र २५ गते देशभरका युवा उद्यमीहरुलाई राजधानीमा एक दिवसिय उद्यमशिलता अभिवृद्धिको प्रशिक्षण दिन लागेको हो ।

युवा वर्ग लक्षित उद्यमशीलता विकासका लागि भन्दै मन्त्रालयले स्टार्ट अप समिटको आयोजना गर्न लागेको हो । समिटमा ७५ जिल्लाबाट ३०० जना युवाहरुको सहभागिता रहनेछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सफलता हासिल गरेका युवा उद्यमीहरुले आफ्ना अभ्यासका वारेमा ब्रिफिङ गर्नेछन् ।

विश्व अर्थतन्त्रमा उद्यमशीलताको क्षेत्रमा देखिएको प्रवृत्तिलाई आत्मसाथ गर्दै सँगसँगै अगाडी बढ्न नेपालमा पहिलो पटक राष्ट्रिय स्टार्ट अप समिटको आयोजना गर्न लागिएको हो । ‘देशभरका युवा उद्यमीलाई भेला गराएर सफल युवा उद्यमीको कथा सुनाएर उर्जा थप्ने योजनासहित स्टार्ट अप समिटको आयोजना गर्न लागेका हौं’, उद्योग मन्त्री नविन्द्रराज जोशीले भने । उनले युवाको उद्यमशिलता विकास गर्न राज्यले गर्नुपर्ने सहयोगको खोजी गर्न पनि सम्मेलन फलदायी हुने अपेक्षा गरिएको धारणा व्यक्त गरे ।

उद्यमशीलताको विकासमा विभिन्न सरकारी निकायहरुलाई संलग्न गराउने, उद्यमशीलताको लागि आवश्यक वातावरण बनाउने, उद्यमशीलता विकासमा संलग्न सबै सरोकारवालाहरुलाई एउटै मञ्चमा समेट्ने, देशभरी उद्यमशीलता विकासमा भएको प्रगति सम्वन्धि पूर्ण जानकारी लिने लगायतका काम सम्मेलनमा गरिनेछ ।

समृद्धिको रहर उद्यमशीलताको नयाँ प्रहर भन्ने नारासहित आयोजना हुने सम्मेलनमा नेपाल उद्यमी मञ्च, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र नेपाल घरेलु तथा साना उद्योग महासघले सहयोग गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.