सनराइज बैंक लिमिटेडको शाखा झापाको बुधबारेमा

  २०७४ वैशाख १० गते १६:१२     विकासन्युज

काठमाण्डौं । सनराइज बैंक लिमिटेडले झापाको बुद्घशान्ति गाविसमा नयाँ शाखा स्थापना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा उद्योग बाणिज्य संघका अध्यक्ष गोविन्द पौडेल र बैंकका नायव महाप्रबन्धक रविन नेपालले संयुक्त उक्त शाखाको उद्घाटन गरेका छन् ।

हाल सनराइज बैंक लिमिटेडले नेपाल अधिराज्यभर ६्९ वटा शाखा र ७८ वटा एटिएमद्वारा ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.