कुमारी बैंकको हकप्रद किन्ने आज अन्तिम दिन

  २०७४ वैशाख १० गते ८:३१     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम दिन हो ।

यो बैंकले गत फागुन १९ गतेसम्म सेयर खरीद गरेका लगानीकर्ताको लागि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो ।

यो शेयर निष्कासनको आज अन्तिम दिन भएकोले बैंकले तोकिएको शाखाबाट बैंकिङ सयम भित्रै हकप्रद खरिदको निम्ति आवदेन दिन आग्रह गरेको छ । यो बैंकले १ सय रुपैयाँ अंकित दरका १ करोड ३४ लाख कित्ता सेयरको हकप्रद निष्कासन गरेको छ ।

यसको आवेदन कुमारी बैंकका शाखाहरु वा सिद्धार्थ क्यापिटलबाट दिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.