गणगोरको आउटलेट कमलादीमा, कोलकताको स्वाद चाख्न पाइने

  २०७४ वैशाख ८ गते ११:२१     विकासन्युज

काठमाडौं । कोलकाताको गणगोर फुड्स एण्ड सर्भिसेज प्रालिले काठमाडौंको कमलादीमा शाखा विस्तार गरेको छ । कम्पनीले नेपालमा पहिलोपटक बिस्तार गरेको गणगोर फुड्स एण्ड सर्भिसेज एउटा ‘फ्रेन्चाईज’ हो । शतप्रतिशत शुद्ध शाकाहारी फ्रेन्चाइजमा शुद्ध घिउबाट मिठाई बनाइने कम्पनीले जनाएको छ ।

गणगोरमा कोलकत्ताका प्रसिद्ध ८० प्रकारका मिठाई, २० प्रकारको नम्किन, ड्राइफुड, इटालियन कफी ‘बस्स्तिा’ उपलव्ध हुने कम्पनीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । उक्त फुड्स एण्ड सर्भिसेजमा काम गर्ने कामदार पनि कोलकाताकै मदर संस्थाले नै पठाइदिएको छ । तर उनीहरुले नेपाली कामदारलाई एक वर्षसम्म तालिम दिएर फर्किनेछ । हाल कमलादीस्थित गणगोर फुड्स एण्ड सर्भिसेजमा ४० जना कामदार रहेका छन् ।

करिब पाँच करोड रुपैयाँ लगानीमा स्थापना भएको गणगोरमा ३० जना क्षमताको कन्फ्रेन्स हल, १ सय जनासम्म क्षमताको बर्थडे हल र १५ वटा डिलक्स रुमकोसमेत व्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीले वैशाख १२ र १३ गते मातातीर्थ औंसीमा १० प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीका सल्लाहकार निशान्त जोगाइले जानकारी दिए । कम्पनीका अनुसार ३३ बषअघि कोलकात्तामा दर्ता भएको गणगोर भारतमा १० भन्दा बढी शाखा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.