नेशनल लाईफको हकप्रद सेयरमा २५ प्रतिशत कटौति, २५ प्रतिशत बोनस सेयर दिने

  २०७४ वैशाख ७ गते १२:३४     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पूर्वघोषित हकप्रद सेयरमा २५ कटौति गर्ने निर्णय गरेको छ । २०७३ मंसिर २९ गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारणसभाले १ बराबर १ अर्थात चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।

तर अब कम्पनीले ७५ प्रतिशत मात्र हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । हाल नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी २०७५ असार मसान्तसम्ममा २ अर्ब रुपैयाँ मात्र भए पुग्ने स्पष्ट नीति लिएकोले कम्पनीले ७५ प्रतिशत मात्र पुँजी वृद्धिको निर्णय लिएको जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड ४८ लाख ६३ हजार रुपैयाँ छ । गत आर्थिक वर्ष २०७२÷७३ को नाफाबाट कम्पनीले २५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

२५ प्रतिशत बोनस सेयरको रुपमा लाभांश ३३ करोड १२ लाख १५ हजार ९२० रुपैयाँ र ७५ प्रतिशत हकप्रद सेयरबाट ९९ करोड ३६ लाख ४७ हजार ७५० पुँजी वृद्धि गर्ने निर्णय कम्पनीले लिएको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय बीमा समितिबाट स्वीकृत गराई साधारणसभाबाट अनुमोदन गराई कार्यान्वयन गरिने कम्पनीले जनाएको छ ।

बोनस र हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ हुनेछ । कम्पनीको पुँजी प्रयाप्तता र सेयरधनीको हितलाई ध्यानमा राखेर नयाँ निर्णय लिनु परेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.