१२ वटा कम्पनीको १ करोड ७२ लाख २७ हजार कित्ता बोनस सेयर सूचिकृत, नेपाल लाईफको एफपीओ आगामी साताबाट किनबेच हुने

  २०७४ वैशाख ७ गते १२:०१     विकासन्युज

काठमाडौं । विहीबार नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से)मा १२ कम्पनीको १ करोड ७२ लाख २७ हजार ३७५ कित्ता सेयर सूचिकृत भएको छ । त्यसमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ३० लाख ९६ हजार ४२९ कित्ता एफपीओ रहेको छ भने बाँकी ११ कम्पनीको बोनस सेयर मात्र रहेको छ ।

नेपाल लाईफ लगायत सबै कम्पनीको सूचिकृत सेयर आगामी सातादेखि कारोबार हुने नेप्सेले जनाएको छ ।

विहीबार नेपाल एसबीआई बैंकको १ करोड ८ लाख ८९ हजार २७२ कित्ता बोनस सेयर विहीबार नै नेप्सेमा सूचिकृत भएको छ ।

त्यस्तै, साना किसान बैंकको १० लाख ६ हजार १२४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

मेरो माइक्रोफाइनान्सले जारी गरेको २ लाख कित्ता बोनस सेयर पनि सूचिकृत भएको छ ।

त्यस्तै समिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको २ लाख २५ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

साहारा विकास बैंकले वितरण गरेको ५७ हजार ३४८ कित्ता बोनस सेयर पनि विहीबार नै नेप्सेमा सूचिकृत भएको छ ।

सेन्ट्रल फाइनान्सले आफ्ना सेयरधनीलाई वितरण गरेको ५ लाख ५५ हजार २०४ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचिकृत भएको छ ।

लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीले वितरण गरेको १४ लाख ४३ हजार ७५० कित्ता बोनस सेयर पनि सूचिकृत भएको छ ।

गुजेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले वितरण गरेको ५ लाख २८ हजार ७३० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

त्यस्तैगरी, बुटवल पावर कम्पनी लिमिटेडको ११ लाख ८४ हजार ५६३ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

पूर्णिमा विकास बैंकको ४ लाख ९८ हजार २२० कित्ता बोनस सेयर सूचिकृत भएको छ  ।

अल्पाइन डेभलपमेन्ट बैंकको ३ लाख २९ हजार ३५३ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.