५ अर्ब ६० करोड ४० लाख रुपैयाँको हकप्रद सेयर आवेदन आजबाट खुला, दोस्रो बजारमा प्रभाव पर्न सक्ने

  २०७४ वैशाख ७ गते १०:०४     विकासन्युज

काठमाडौं । दुई वाणिज्य बैंक र एक विकास बैंकको गरी ५ अर्ब ६० करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयरको लागि विहीबारबाट आवदेन खुला भएको छ । नेपाल बंगलादेश बैंकले ३ अर्ब २१ करोड, नेपाल बैंकले १ अर्ब ५४ करोड र सिद्धार्थ डेभलपमेन्ट बैंकले ८५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर आजबाट निष्काशन खुला गरेको हुन् ।

नेपाल बंगलादेश बैंकको ३ करोड २० लाख ९४ हजार ६८ कित्ता हकप्रद सेयरको लागि आजदेखि आवेदन खुला भएको छ । बैंकले १० कित्ता बराबर ८ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । गत चैत १६ गतेभन्दा अघि सेयर खरिद गरेका सेयरधनीले हकप्रद सेयर लिनको लागि जेठ १० गतेसम्म आवेदन गर्न सकिनेछ । यस बैंकको हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ भने नेपाल बंगलादेश बैंकका शाखाहरुबाट सेयर आवेदन गर्न सकिनेछ ।

त्यस्तै, नेपाल बैंक लिमिटेडको १ करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर आवेदन आजबाटै खुला भएको छ । बैंकले चैत २९ गतेसम्म सेयर लिएका सेयरधनीलाई १०० कित्ता बराबर २३.७४ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । यो सेयर लिनको लागि बैशाख ७ देखि जेठ १० गतेसम्ममा आवेदन गर्नुपर्ने बैंकले जनाएको छ ।

हकप्रद सेयर आवेदन नेपाल बैंकका सबै शाखा कार्यालय र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडमा बुझाउने सकिनेछ ।

त्यस्तै, सिद्धार्थ डेभलपमेन्ट बैंकको ८५ लाख १५ हजार ५ कित्ता हकप्रद सेयर आवदेन आजैदेखि खुला भएको छ । गत फागुन १९ गतेअघि सेयरधारण गरेका सेयरधनीले बैशाख ७ देखि जेठ १० गतेसम्म हकप्रद सेयर खरिदको लागि आवेदन गर्न सक्नेछ । निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड र सिद्धार्थ डेभलपमेन्ट बैंकका शाखा कार्यालयहरुबाट हकप्रद सेयर आवेदन गर्न सकिनेछ ।

त्यस्तै, कुमारी बैंककाे १ अर्ब ३४ कराेड ९५ लाख रूपैयाँ बराबरकाे हकप्रद सेयरकाे लागि अावेदन गर्न तीन समय बाँकी छ । ठूलाे मात्रामा हकप्रद सेयर निष्काशन भएकाेले सेयर बजार प्रभावित हुन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.