अर्घाखाँची सिमेन्टको हर्न बजाउन निषेध अभियानलाई सहयोग

  २०७४ वैशाख ६ गते १३:४८     विकासन्युज

काठमाडौं । अर्घाखाँची सिमेन्टले सामाजिक उत्तरदायित्व अन्तरगत वातावरण प्रति सचेत हुँदै काठमाडौं उपत्यकाभित्र लागू गरिएको हर्न बजाउन निषेध अभियानलाई सहयोग गरेको छ ।कम्पनीले उपत्यकाभित्र बढ्दो सवारी साधनको संख्यासँगै बढेको ध्वनी प्रदुषणलाई नियन्त्रण गर्न यो अभियानलाई सहयोग गरेको हो ।

काठमाडौं महानगरपालिका तथा काठमाडौं उपत्यका भित्र महानगरिय ट्राफिक प्रहरीले वैशाख १ गतेदेखि उपत्यकाभित्र सवारी साधनहरुले हर्न बजाउन निषेध गरेको छ । यो नियम अनुसार अत्यावश्यक सवारी साधन र सुरक्षाका सवारी साधनहरुले समेत अति आवश्यक भएमा मात्र हर्न बजाउन पाउनेछन् । यो शुरुवातले पक्कै पनि अस्पताल, विद्यालय, तथा अन्य संस्थाहरुद्धारा समर्थन प्राप्त गर्नेछ, जसले निकै लामो समयदेखि यो समस्यालाई झेल्दै आएका थिए ।

अर्घाखाँची सिमेन्टले सामाजिक उत्तरदायित्व अबलम्बन गर्दै समय समयमा वृक्षारोपण कार्यक्रमका साथै वातावरण संरक्षणका लागि जनचेतना अभियानहरु पनि संचालन गर्दै आएको छ । कम्पनीले बढ्दो वातावरणीय समस्या प्रति सचेत हुँदै सिमेन्ट उत्पादनमा पनि वातावरण मैत्री व्यागफिल्टर प्रविधिको प्रयोग गरिरहेको छ ।

यो अभियानमा अर्घाखाँची सिमेन्टका साथै रेनोल्ट नेपाल तथा जिओनीको पनि सहयोग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.