५१ प्रतिशतभन्दा बढीका संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्दै एभरेष्ट बैंक

  २०७४ वैशाख ६ गते ८:२३     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमिटिेडले ५१ प्रतिशत भन्दा बढि संस्थापक समूहको सेयर सर्वसाधारणमा परिणत गर्ने भएको छ ।

बैंकले पुँजी संरचना परिणत गर्न नेपाल राष्ट्र बैंकबाट यो सेयर विक्री गर्न सर्वसाधारणमा परिणत गर्न स्वीकृती पाएसकेको छ ।

यो बैंकले आगामी बैशाख २० गते बस्ने विशेष साधारण सभाबाट यो सेयर तथा बैंक मर्जमा जानी गने वा उपयुक्त संस्थालाई प्राप्ती गर्नेप्रस्ताव पनि पारित गराउने भएको छ ।

बैंकले कुनै पनि उपयुक्त वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने वा प्राप्ती र्गर्ने प्रस्ताव र सेयर संरचना परिवर्तन गर्ने प्रस्तावकै लागि विशेष साधारण सभा बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.