दुग्ध विकास संस्थानमा अनियमितता, टेण्डरबिनै १८ करोडको सामान खरिद

  २०७४ वैशाख ६ गते ८:१२     विकासन्युज

काठमाडौ । दुग्ध विकास संस्थान (डीडीसी) ले नियम विपरीत बजारबाट सोझै सामान खरिद गरेको पाइएको छ । संस्थानले आर्थिक प्रशासन विनियमावली, सिलबन्दी बोलपत्रसम्बन्धी सम्पूर्ण प्रक्रिया मिचेर अपारदर्शी रूपमा करोडौं रुपैयाँ बराबरको सामग्री खरिद गरेको हो ।

डीडीसीले प्रचलित व्यवस्था विपरीत काठमाडौं दुग्ध वितरण आयोजना, जनकपुर दुग्ध वितरण आयोजना, हेटौडा दुग्ध वितरण आयोजना र नेपालगन्ज दुग्ध वितरण आयोजनाका लागि १८ करोड ५० लाख १६ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न सामग्री खरिद गरेको फेला परेको छ ।

संस्थानको आर्थिक प्रशासन विनियावली र विनियमअनुसार एक पटकमा एक लाख ५० हजारसम्मको सामान मात्र सोझै बजारबाट खरिद गर्न पाइन्छ । यस्तै १० लाख रुपैयाँ बराबरको सामग्री खरिद गर्दा सिलबन्दी दरभाउमार्फत र १० लाख रुपैयाँभन्दा बढीको खरिद गर्दा बोलपत्र वा घटाघट प्रक्रियामार्फत खरिद गर्नुपर्ने व्यवस्था छ ।

तर, डीडीसी अन्तर्गतको काठमाडौं दुग्ध वितरण आयोजनाले कोल्ड स्टोरका लागि १० लाख रुपैयाँ बढीको सामग्री सोझै खरिद गरेको भेटिएको छ । यस्तै जनकपुर दुग्ध वितरण आयोजनाले पनि २० लाख ८२ हजार मूल्य बराबरको काठ र २० लाख मूल्य बराबरको चिनी खरिद गरेको पाइएको छ ।

नेपालगन्ज दुग्ध वितरण आयोजनाले ११ लाख मूल्य बराबरको दाउरा र हेटौंडा दुग्ध वितरण आयोजनाले तीन पटकमा गरी १७ लाख ३४ हजारको मोबिल र लुब्रिकेन्ट्स नियम विपरीत सोझै खरिद गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको २०७३ सालको ५४ औं वार्षिक प्रतिवेदनमा यस्तो जानकारी समावेश गरिएको छ । अन्नपूर्ण पोस्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.