आठ करोड लिएर बैंकका प्रबन्धक फरार, दोषि समात्न सिआइबीमा उजुरी

  २०७४ वैशाख ६ गते ७:२६     विकासन्युज

पोखरा । कैलाश विकास बैंकको लामाचौर शाखाका प्रवन्धक रवीचन्द्र खनाल बैंक र सर्वसाधारणको ठूलो रकम हिनामिना गरेर सम्पर्कविहीन भएका छन् ।

ग्राहकलाई उच्च ब्याजदर दिने भन्दै प्रलोभनमा पारेर ठूलो रकम सापटी लिने तथा केही ग्राहकको पैसा डिपोजिट नगरी ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

खनालले किर्ते हस्ताक्षर गरेर ठूला ग्रहाक र सहकारीको रकम निकाल्ने गरेको पनि अनुमान गरिएको छ ।

खनालले करिब आठ करोड रुपैयाँ लिएर फरार भएको अनुमान प्रहरीको छ । बैंकले ठूलो रकम ठगी भएको भन्दै केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)मा उजुरी गरेको छ । नागरिक दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.