एनआईसि एसियाले जित्यो ‘सिटिजन्स इन्टरबैंक फुटसल टुर्नामेन्ट’

  २०७४ वैशाख ४ गते १६:०८     विकासन्युज

काठमाडौं । ‘सिटिजन्स इन्टरबैंक फुटसल टुर्नामेन्ट’को तेश्रो ससंकरण एन.आई.सि एसियाले बैंकले जितेको छ । सोमबार भएको फाइनल खेलमा खेलमा एन.आई.सि एसियाले एनएमबि बैंकलाई ट्राईब्रेकरमा हराउन सफल भएको थियो । खेलमा विजय बैंक एनआईसि एसिया, उपविजेता एनएमबि बैंक र तेस्रो भएका सिद्धार्थ बैंकका खेलाडिहरुलाई सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकारी राजन सिंह भण्डारीले पुरस्कार वितरण गरेका थिए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित ‘सिटिजन्स इन्टरबैंक फुटसल टुर्नामेन्ट’को तेश्रो ससंकरण वैशाख २ गते देखि वैशाख ४ गतेसम्म सञ्चालन गरेको थियो । उक्त प्रतियोगितामा १७ वटा वाणिज्य बैंक सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.