लक्ष्मी बैंकको १०० प्रतिशत हकप्रद सेयर आजदेखि खुला, कहाँ कहाँबाट आवेदन दिने ?

  २०७४ वैशाख ३ गते १३:२३     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले सर्वसाधारणको लागि १०० प्रतिशत (अर्थात १ बराबर १ को अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले वैशाख ३ गते (आइतबार)देखि एक सय अंकित दरको ३ करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो ।

सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आगामी जेठ ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले काठमाडौंको नक्साल, नारायणचौरमा रहेको सिद्धार्थ क्यापिटल र नयाँबानेश्वरमा रहेको लक्ष्मी क्यापिटल मार्केटबाट आवेदन दिन सक्नेछन् । साथै, काठमाडौंमा रहको लक्ष्मी बैंक तथा बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब रुपैयाँ बढी रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब १६ करोड रुपैयाँ नाग्ने छ । आइतबार बैंकको सेयर मूल्य प्रतिकित्ता ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.