एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस दिने, चुक्ता पूँजी १२ करोड नाघ्ने

  २०७४ वैशाख ३ गते १२:४०     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस दिने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १० करोड १२ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको पूँजी १२ करोड १५ लाख रुपैयाँ नाघ्ने छ । आइतबार कम्पनीको सेयर प्रतिकित्ता २१८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.