वाइडवडि किन्न ४० दिन भित्र ८ अर्ब पठाइँदै, दुई किस्तामै पूरै रकम चुक्ता गरेर जहाज आउने

  २०७४ वैशाख २ गते ९:०९     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा ए ३३०–२०० सिरिजका वाइडवडी एयरबस खरिद गत चैत्र २५ गते सम्झौता गरेपछि अबको ४० दिन भित्रै पहिलो किस्तावापत ८ अर्ब रुपैयाँ पठाउने भएको छ ।

सम्झौताको ४५ दिन भित्र ८ करोड अमेरिकी डलर अर्थाता ८ अर्ब दिने सहमति भएको निगका प्रवक्ता रविन्द्र श्रेष्ठले बताए । उनका अनुसार हाललाई दुईवटा वाइडवडिमध्ये एउटाको चार अर्ब र अर्कोको चार अर्ब गरी आठ अर्ब रुपैयाँ पठाउने भएका छौ । बाँकी रकम अर्को चरणामा पठाउने गरी निगमले तय गरेको छ ।

यसका लागि निगमले कर्मचारी संचयकोषबाट वार्षिक ९ प्रतिशतका दरले व्याजमा २५ अर्ब रुपैयाँ लिने तयारी भइरहेको छ । सरकारी जमानि आवश्यक भएकोले ऋणको प्रक्रिया अगाडि बढिहरेको छ निर्धारित समयमा नै हामी जहाज दिने कम्पनी एएआरलाई पैसा पठाँउछौ श्रेष्ठले विकास न्युजसँग भने ।

निगमका महाप्रवन्धक सुगतरत्त कंसाकार र जहाज विक्रेता कम्पनी एएआरका प्रतिनिधि दिपक शर्माले हस्ताक्षर गरिसकेका छन् । निगमले जहाज खरिद गर्ने र एएआरले विक्री गर्ने सम्झौता भैसकेको छ । अबको काम भने पैसा पठाउने मात्रै हो, उनले भने ।

निगमले दुई वाइड बडी जहाज २०९.६ मिलियन अमेरिकी डलर २०१६ को आधार मूल्यमा खरिद गर्दैछ । यो मुल्य अनुसार करिब साढे २१ अर्ब रुपैया मात्रै हुनछ । यसका लागि निगमले निगमले पहिलो किस्ताबापत करिव ३५ प्रतिशत रकम पठाउने सहमति गरिसकेको छ ।

अमेरिकी कम्पनीले १० कम्पनीलाई पछि पार्दै निगमले गरेको ग्लोबल टेन्डर जितेको थियो । निगमले खरिद गर्ने जहाजमा २५० देखि २८० सम्म सिट हुनेछ ।

निगम र एएआरबीचको सम्झौता अनुसार निगमलाई दुवै जहाज सन् २०१८ को दोश्रो त्रैमासिकमा हस्तान्तरण गरिनेछ । दुई जहाज थपिएपछि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा जहाज हुनेछन् । हाल एक बोइङ ७५७–२०० र दुई एयरबस ३२०–२०० सिरिजका न्यारो बडी जहाजमार्फत ८ गन्तव्यमा उडान भरिरहेको छ ।

नयाा जहाज आगामी एक वर्षभित्रै आउने छ । नयाँ विमानबाट निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, साउदी अरेवीया जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । यसका लागि निगमले उडान गन्तव्यहरू तय गर्ने कार्यसमेत सुरु गर्ने छ । निगमले जहाज खरिदका लागि बैना रकम १० करोड रुपैयाँ माघ दोस्रो साता नै पठाइसकेको छ ।

वाइडडिका पाइलट विदेशीमात्रै
निगमले यो वाइडवडि जहाज ल्याएपछि यसलाई उडाउन २ सेटका विदेशी पाइलट हुने भएका छन् । एक सेटमा १४ देखि १५ जना हुने छन् । यसर्थ निगमले ३० जना विदेशी पाइलटबाट जहाज उडाउने भएको छ ।

निगमका अनुसार नेपाली पाइलट दक्ष नभएसम्म विदेशी नै लिनुपर्छ । अहिले उडानमा रहेको एयरवसको न्यारोवडि जहाजमा पनि विदेशी पाइलटबाटै उडान सुरु गरेको हो ।

यो जहाज उडानउन अहिले ८ जना नेपाली पाइलट तयार भैसकेको छन् भने विदेशी पाइलट आवश्यक नरहेको पनि निगमले जानकारी दिएको छ ।

जहाज आएपछि प्रशिक्षक पाइलटका रुपमा पनि विदेशी आवश्यक पर्ने निगमको भनाइ छ । नेपाली दक्ष भएपछि विदेशी कम हुँदै जाने पनि निगमको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.