२०७४ वैशाख १ गते ७:४९ विकासन्युज
काठमाडौं । अब लगानीकर्ताले ७५ वटै जिल्लाबाट प्राथमिक सेयर (आईपीओ तथा एफपीओ)मा आवेदन दिन सक्ने भएका छन् ।
गत माघदेखि स्वैच्छिक रुपमा लागू भएको आस्वा (एप्लिकेसन्स उपोर्टेड बाई ब्लक्ड अमाउन्ट) प्रणाली सहभागी वित्तीय संस्था सबै जिल्लामा पुगेपछि लगानीकर्तालाई यस्तो सुविधा प्राप्त भएको हो ।
धितोपत्र बोर्डले विज्ञप्ती जारी गरी उक्त जानकारी दिएको छ । यो प्रणालीमार्फत सेयरमा लगानी गर्ने लगानीकर्ताले आस्वा प्रणालीमा सहभागि हुन बैंक तथा वित्तीय संस्थामा खाता खोल्न अनिवार्य छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.