कृषि विकास बैंकको २० प्रतिशत बोनस र १.०५३ प्रतिशत नगद लाभांश पारित

  २०७३ चैत ३१ गते १४:५४     विकासन्युज

काठमाडौं । कृषि विकास बैंककोे आर्थिक बर्ष २०७२/७३ को मुनाफाबाट आफ्ना साधारण सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई बिहीबार सम्पन्न बैंकको १०औँ वार्षिक साधारणसभाले पारित गरेको हो ।

साथै, सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ । जस अनुसार बैंकले २०७३ साल असार मसान्तमा कायम रहेको नेपाल सरकारको अग्राधिकार शेयरलाई वार्षिक ६ प्रतिशतले हुने ३८ करोड ६२ लाख रुपैयाँ नगद लाभांश दिने भएको छ ।

त्यस्तै, बैंकले हकप्रद साधारण शेयर बिक्री पश्चात कायम भएको साधारण शेयर चुक्ता पुँजी ५ अर्ब ९० करोड रुपैयाँमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ६ करोड २१ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।

हाल बैंकको साधारण शेयर र अग्राधिकार शेयर गरी चुक्ता पुँजी ११ अर्ब ३३ करोड रुपैयाँ कायम रहेको छ । २० प्रतिशत बोनस पश्चात बैकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ हुने छ भने साधारण चुक्ता पुँजी ७ अर्ब ८ करोड रुपैयाँ पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

२०७३ साल फागुन मसान्तसम्ममा बैंकको निक्षेप ८८ अर्ब २९ करोड रुपैयाँ र कर्जा २ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । सो अवधिसम्म बैंकले १ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.