बाहिरी चक्रपथको परिस्कृत फाइल मन्त्रालय पुग्यो, संसोधित लागत ६ अर्ब ३० करोड

  २०७३ चैत ३० गते १०:१३     विकासन्युज

काठमाडौं । बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्टको डिपिआर, परिस्कृत लागतसहितको फाइल शहरी विकास मन्त्रालय पुगेको छ ।
मन्त्रालयले मागेको थप विवरणसहितको फाइल मन्त्रालय पठाइएको छ । ‘आयोजनाबारे मन्त्रालयको थप चासो समेटेर अनुमानित लागत, प्रभावितको संख्यासहिततको विवरण बुझाएका छौं’, बाहिरी चक्रप आयोजनाका अधिकृत ध्रुव प्रसाद सापकोटाले भने ।

पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको चोभार–सतुंगल खण्डको ६ दशमलब ६१८ किलोमिटरको संसोधित लागत ६ अर्ब ३० करोड रहेको छ । २०६५ सालमा तयार पारिएको डिपिआरमा त्यस्तो लागत जम्मा २ अर्ब ९ करोड हुने उल्लेख थियो । सो खण्डमा ८ हजार ९ सय ५६ रोपनी जमिन अधिकग्रहण हुनेछ ।


त्यहाँ १३ हजार ७ सय ६४ कित्ता जमिन कित्ता जमिन परेको छ । एक परिवारले न्युनतम २० प्रतिशतदेखि ५० प्रतिशतसम्म जमिन योगादन दिनुपर्ने मोडालिटी आयोजनाले अघि सारेको छ । बाँकी जमिन भने एकिकरण पछि सम्बन्धीत परिवारलाई नै फिर्ता दिइनेछ । नेपालमा जमिन एकिकरण गरेर सडक निर्माण गर्न लागिएको यो नै पहिलो आयोजना हो । बाहिरी चक्रपथ आयोजना सम्पन्न हुँदा उपत्यकाको १० प्रतिशत जमिनमा आधुनिक शहरीकरण हुनेछ ।

कुल अधिग्रहण गरिनुपर्ने जमिनमध्ये ९६ जनाले मात्रै असहमति जनाएका छन् । उनीहरुले अधिकतम २० प्रतशित मात्रै जमिन अधिग्रहण गर्नुपर्ने माग राखेका छन् । तर कानुनतः ५१ प्रतिशत जनताले सहमति दिएमा आयोजना अघि बढाउन पाइन्छ ।

बाहिरी चक्रपथमा ५० मिटरको आधुनिक सडक हुनेछ । सो खण्डमा ४ मिटरको सडक १३ दशमलब ९९ किलोमीटर, ६ मिटरको सडक शुन्य दशमलब ४५ किलोमिटर, ८ मिटरको सडक ७९ दशमलब ०५ किलोमिटर र ११ मिटरको सडक १७ दशमलब १३ किलोमिटर निर्माण हुनेछ ।
मुल सडकको दायाँ र बायाँ क्रमशः २५०÷२५० मिटर जमिन अधिग्रहण गरिनेछ । सो २५० मिटर दायाँ बायाँको जमिनमा बनेका भौतिक पुर्वाधार भत्काइनेछ भने त्यसको क्षतिपुर्ति सम्बन्धित नागरिकले पाउनेछन् ।

जमिन अधिग्रहण र एकिकरणको काम आयोजनाले गर्नेछ भने सडक निर्माणको काम सडक विभागले नै गर्नेछ । बाहिरी चक्रपथ सडक निर्माणमा चीन सरकार र जाइकाले इच्छा देखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.