महासंघको निर्वाचनमा चर्चित अनुहार, जसले सानदार विजय हासिल गरे (फोटो फिचर)

  २०७३ चैत ३० गते ८:२४     रामकृष्ण पौडेल

काठमाडौं । चैत २८ र २९ गते सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । संशोधित विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था अनुरुप भवानी राणा अध्यक्ष भएकी छिन् ।

महासंघले पहिलो पटक महिला अध्यक्ष पाएको छ । नेपालमा पहिलो पटक र एकै समयमा राष्ट्रपति, सभामुख, प्रधानन्यायधिश महिला भएको समयमा महासंघमा पनि महिला अध्यक्ष बनेकोले उनी चर्चित पात्र भएकी छिन् ।

विधान संशोधन भएपछि बरिष्ठ उपाध्यक्ष महासंघका सबै सदस्यले चुन्ने नयाँ व्यवस्था शुरु भएको छ, जो तीन वर्षपछि स्वात अध्यक्ष बन्छ । यो पदमा शेखर गोल्छा निर्वाचित भएको छन् । उनले ६३.३० प्रतिशत मत ल्याएर विजयी भए । ठूलो र पुरानो व्यवसायिक घराना गोल्छा अर्गनाईजेशनका प्रतिनिधि शेखर यो निर्वाचनको केन्द्रमा थिए ।

एशोसिएटतर्फबाट सर्वसहमत उपाध्यक्ष भएका चन्द्रप्रसाद ढकाल यस निर्वाचनको सबैभन्दा चर्चित पात्र बनेँ । उपाध्यक्षका आकांक्षी ज्ञानेन्द्रलाल प्रधान र सौरभ ज्योतिलाई सहमतिमा लिदै सर्बसहमत भएपछि उनको पपुलारिटी निकै चुलिएको छ । आफूले शुरु गरेको मनि ट्रान्सफर व्यवसायबाट सफलता चुम्दै गएको ढकाल आईएमई ग्रुपका कार्यकारी अध्यक्ष हुन, जसले बैंक, बीमा, पर्यटन, जलविद्युत, व्यापारका क्षेत्रमा ठूलो लगानी गरेर सफलता चुम्दै गएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघबाट आएको जिल्ला नगरतर्फको उपाध्यक्षमा विजयी हासिल गरेर प्रमोद श्रेष्ठले काठमाण्डौंलाई पेचिलो झड्का दिएका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान र उनको समूहमा रहेर निर्वाचनमा प्रतिस्पर्धा गर्ने धेरैले पराजय भोग्दा प्रमोदले सानदार मतले विजयी हासिल गरेका छन् ।


बस्तुगततर्फको उपाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । उमेशलाल श्रेष्ठ, शंकर पाण्डे, अनुपबहादुर मल्लबीचको प्रतिस्पर्धामा अन्य दुई प्रतिस्पर्धीको जोड बराबर मत ल्याएर श्रेष्ठ विजय भए । श्रेष्ठले ४९ मत ल्याए भने पाण्डेले ३८ र मल्लले ११ मत पाएका थिए । चर्चित राजनीतिक पात्रहरु पुष्पलाल श्रेष्ठ र साहाना प्रधानका छोरा उमेशलाल प्रधानले औषधी उत्पादन व्यवसायको साथै चेम्बर संगठनमा पनि अगुवाई गर्न सफल भएका छन् ।

बस्तुगततर्फको उम्मेदवारी दावी गर्दै चुनावमा होमिएका तर अन्तिममा उमेशलाल प्रधानको टिमबाट सदस्य पदमा उम्मेदवारी दिएका अञ्जन श्रेष्ठले सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन् । उपाध्यक्ष पद त्याग गरेर समझदारी गरेको र सदस्य पदमा पपुलर मत पाएको कारण उनी चर्चामा रहेका छन् ।


ज्ञानेन्द्रलाल प्रधान र सौरभ ज्योति पनि यो निर्वाचनमा निकै पपुलर पात्र रहे । दुबै जना एशोसिएटतर्फका उपाध्यक्ष पदका दावेदार थिए । प्रधानले कोषाध्यक्ष पदमा सहमति गरेर उपाध्यक्ष पद छोडेका हुन् भने सौरभसँग कुनै लेनदेनको सहमति भएको देखिदैन ।


एशोएिएटतर्फ सबैभन्दा बढी मत पाएर ओमराज राजभण्डारी चर्चामा आएका छन् । उनले ५९६ मत पाए । ज्ञानेन्द्रलाल प्रधानले ५८९ मत पाए ।

एशोसिएटतर्फ केही नयाँ र चर्चित अनुहार विजयी भए । गएको निर्वाचनमा विजयी भएपछि ३२ वर्ष पुरानो मुद्दा व्यूत्याएर महासंघ छोड्न वाध्य बनाइएको पूर्वअध्यक्ष प्रदिपजंग पाण्डेका छोरा प्रबलंग पाण्डे पपुलर भोट ल्याएर विजयी भए ।

त्यस्तै उद्योग क्षेत्रका उदयमान यूवा व्यवसायी भरतराज आचार्य र कृष्णप्रसाद दुलालले पपुलर भोट ल्याएर निर्वाचन जितेका छन् ।

व्यवसायिक वातावरण निर्माण र सामाजिक काममा सक्रिय व्यवसायी रामशरण थपलिया छोटो अवधिमा नै ठमेल टूरिजम बोर्ड, नेपाल चेम्बर अफ कमर्श हुँदै उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य चुनिन सफल भएका छन् ।

यो निर्वाचनमा सबैभन्दा ठूलो सफलता महासंघको पूर्व अध्यक्ष चण्डिराज ढकाललाई मिलेको छ । उनले अगाडि बढाएका अधिकांश उम्मेदवारले विजयी हासिल गरेका छन् । यो निर्वाचनमा ढकाललाई ‘लिडर इन्टरप्रिनर’ भनेर धेरैले भन्ने गरेका छन् । आफ्नो निजी व्यवसायमा संकट सामना गरिरहेका ढकालले महासंघका हरेक निर्वाचमा काँधभरी माला र बधाई थाप्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.