एसोसियट तर्फ १९ सदस्य निर्वाचित

  २०७३ चैत २९ गते २०:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको एसोसियट तर्फका कार्यकारी समिति सदस्य निर्वाचित भएका छन् । यस अघि नै एसोसियट तर्फको उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध भैसकेका छन् । एसोसियट तर्फको केन्द्रिय सदस्यका लागि २२ जना चुनावी मैदानमा थिए । महासंघका पुर्व अध्यक्ष प्रदिपजंग पाण्डेका छोरा प्रबलजंग पाण्डेले सबै भन्दा धेरै मत ल्याएर निर्वाचन जितेका छन् ।

एसोसियट तर्फ निर्वाचित हुनेहरुमा अशोक कुमार तेमानी, अशोक कुमार तोदी, आनन्द वगरिया, ओमराज भण्डारी, कृष्णप्रसाद दुलाल, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ (सुब्बा), भरतराज आचार्य, मनिषकुमार अग्रवाल, मंगेशलाल श्रेष्ठ, राजेशकुमार अग्रवाल, रामशरण थपलिया, रंजितराज आचार्य, विजयसिंह बैद्य, शाहिल अग्रवाल, सुनिल नारायण श्रेष्ठ, सौरभ ज्योति र ज्ञानेन्द्रलाल प्रधान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.