अनुदान वितरण कार्य तीव्र, भूकम्प कम प्रभावित थप ४ जिल्लामा शुरु

  २०७३ चैत २९ गते १०:०३     विकासन्युज

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प कम प्रभावित १७ जिल्ला मध्ये थप ४ जिल्लामा पनि निजी आवास पुनर्निर्माणका लागी पहिलो किस्ताको अनुदान रकम बितरण शुरु गरेको छ । यसअघि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले गत चैत्र २१ गते कास्कीको अन्नपुर्ण गा“उपालिकाबाट अनुदान वापतको पहिलो किस्ता बितरण कार्य शुरु गरेका थिए ।

बा“की १६ जिल्ला मध्ये आईतबार लमजुङ, पर्वत, धनकुटा र सोलुखुम्बुबाट पनि पहिलो किस्ता वापतको ५० हजार रुपैया बितरण शुरु गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए । प्राधिकरणले एक साताभित्रमा बा“की सवै जिल्लामा निजी आवास पुनर्निर्माणका लागी अनुदान बितरण शुरु गरिसक्ने तयारी गरेको छ ।

प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा अनुदान सम्झौता भइसकेका करिब ९८ प्रतिशत लाभग्राहीलाई अनुदान वापतको पहिलो किस्ता बितरण गरिसकेको छ भने ती जिल्लामा दोस्रो र तेस्रो किस्ता पनि तीव्र गतिमा बितरण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.