‘हुन्डाई फेस्टिभ डिलाइट’ को विजेता घोषित, क-कसले पाए आई-२० र क्रेटा गाडी

  २०७३ चैत २८ गते १८:२८     विकासन्युज

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरको विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ । तीनकुने स्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा बिजेताहरुलाई लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ तथा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनालले पुरस्कार हस्तान्तरण गरेका हुन् ।

यस अफर अन्तर्गत, कुपन नम्बर ११०१ का क्रिएटिभ टच गार्मेन्ट ईन्डस्ट्रिज, नयाँ बजार, काठमाडौंले हुन्डाई इलाईट आई२० प्राप्त गरेका छन् । साथै कुपन नम्बर १७६८ का श्री नेत्र बहादुर खड्का, धरानले हुन्डाई क्रेटा प्राप्त गरे । साथै, १०० जना भाग्याशाली विजेताहरुको लक्की ड्र श्रीमती बिमला खनालद्धारा कनज्युमर आई नेपालको अनामनगर अवस्थित कार्यालयमा गरिएको थियो ।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट र एक वर्षको निशुल्क बिमा साथै १०० जना भाग्याशाली विजेताहरुले एक(एक तोला सुन र बम्परमा दुई जना भाग्याशाली विजेताहरुले एक/एक थान हुन्डाई इलाईट आई२० र हुन्डाई क्रेटा जित्ने अवसर प्राप्त गरेका थिए ।

सो योजना २०७३ भाद्र १३ गते देखि २०७३ कात्तिक २२ गते सम्म लागु गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.